२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कास्कीमा  ६ लाख केजी चामल वितरण

कास्की - कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट प्रभावित यहाँका ३४ हजार १२१ परिवारलाई राहत वितरण गरिएको छ। कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले यही वैशाख २६ गतेसम्म पोखरा महानगरपालिका र चारवटा गाउँपालिकाका वडामार्फत सो सङ्ख्यामा प्रभावितका लागि राहत वितरण गरिएको जनाएको छ।

महानगरपालिकामा सबैभन्दा बढी ३० हजार ८८६ परिवारलाई राहत वितरण गरिएको छ। त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा ७३५, मादीमा दुई हजार ४८ तथा रुपामा ४५२ अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको जनाइएको छ। अन्नपूर्ण गाउँपालिकामा वडास्तरमा तथ्याङ्क सङ्कलन र आवश्यक राहत सामग्री व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको तथा लाभग्राहीको सङ्ख्या ५०० रहेको बताइन्छ। सो पालिकाले हालसम्म राहत वितरण गरेको छैन। 

राहतस्वरुप जिल्लामा ६ लाख १३६ केजी चामल, ४५ हजार ८९५ केजी दाल, ३४ हजार १४५ केजी नुन, २१ हजार ९९६ लिटर तेल, दुई हजार ४८ केजी चिनी र २० हजार ८७२ केजी केराउ वितरण गरिएको सिसिएमसीले जनाएको छ। रासस

प्रकाशित: २७ वैशाख २०७७ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App