१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले धरहरा पुगेर एनपीएलको ट्रफी सार्वजनिक गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक गरेका छन्। प्रधानमन्त्री ओलीले धरहरा परिसरबाट ट्रफी अनावरण गरेका हुन्।

धरहरामा सोमबार बिहान आयोजित कार्यक्रममा ओलीले मंसिर १५ गतेबाट सुरु हुन लागेको एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारी सहभागी थिए।

आगामी पुस ६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ८ टोली सहभागी हुदैछन्। अनावरण कार्यक्रममा आठ वटा टिमका मार्की खेलाडी सहभागी थिए। आज अनावरण गरिएको ट्रफीमा सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा राखिएको छ।विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश दिनका लागि कालापत्थरको ढुंगो राखिएको बताइएको छ।

एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन्।

प्रकाशित: १० मंसिर २०८१ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App