२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरीमा गुणस्तरहीन कपडा खरिद भएको पुष्टि

नेपाल प्रहरीको लत्ता कपडा खरिद स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको छ। नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा बीस हजार मीटर खरिद गर्दा स्वीकृत नमुनाभन्दा फरक गरिएको पुष्टि भएको हो।

आठ वटा अवैध क्रसर बन्द गर्न पत्राचार

भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।

डीआईजीका लागि ९ जना सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले २०४९ वैशाख र चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसमा परेकाहरुमध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची रहेका छन्।

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार दुई महिनापछि पक्राउ

कैलाली धनगढी नगरपालिका वडा नम्वर १२ अस्थाई प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्याका मुख्य योजनाकार सुक बहादुर भनिने अमरबहादुर राना दुई महिनापछि पक्राउ परेका छन्।

सुरक्षामा खटिने प्रहरी नै असुरक्षित

जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको छ ।

फरार अपराधी खोज्दै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार अपराधी खोज्ने कार्यलाई तीव्र पारेको छ। अदालतले दोषी ठहर्‍याएर अपराधी र अदालतमा मुद्दा चलिरहेका आरोपित खोज्ने कार्यलाई तीव्र पारेको हो।

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

बाघेद्वारा प्रहरी समक्ष आत्मसमर्पण

हतियारसहित प्रहरीले गुरुङलाई पक्राउ गरेलगत्तै स्थानीयको अवरोध भएपछि गुरुङ फरार भएका थिए । गुरुङलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै आक्रमण भएपछि उनी फरार भएका थिए ।

प्रहरीकै पेस्तोल खोसेर खाग तस्करले आफ्नै साथीमाथि गोली चलाए

बुटवलमा गोली चल्दा एक जना घाइते भएका छन्। खाग तस्करीमा संंलग्न र प्रहरी बीच मुडभेड हुँदा तस्कर समूहकै अन्दाजी ३० वर्षका राकेश न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ।

डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ।

काठमाडौंकी एक महिलाले हराएको १८ तोला गहना प्रहरीले फेला पारिदियो

काठमाडौंमा प्रहरीले भेटेको १८ तोला गरगहना र ३१ हजार ५०० रुपैयाँ सम्बन्धित धनीलाई बुझाएको छ।

नेपाल प्रहरीमा ३३ एसएसपीको सरुवा, काठमाडौंमा अशोक सिंह (सूचीसहित)

गृहमन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। शुक्रबार निकालिएको सरुवा सूचीमा महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह आएका छन् भने श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ।

नेपाल प्रहरीमा थपियो एक एआईजी र पाँच डीआईजीको दरबन्दी

सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।

सशस्त्र प्रहरीका ३८ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूची)

सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्