coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंकी एक महिलाले हराएको १८ तोला गहना प्रहरीले फेला पारिदियो

फाइल तस्बिर

काठमाडौंमा प्रहरीले भेटेको १८ तोला गरगहना र ३१ हजार ५०० रुपैयाँ सम्बन्धित धनीलाई बुझाएको छ।  

महानगरीय प्रहरी परिसर (काठमाडौं) ले लैनचौरकी ५३ वर्षीया शोभा सापकोटाले हराएको गरगहना र नगद फेला पारेर आज जिम्मा लगाएको हो।  

यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ट्याक्सीमा घर लैनचौरतर्फ जाने क्रममा सापकोटाले गरगहना र नगद हराएकी थिइन्।  

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा बा १ य ९६८ नंको ट्याक्सीमा छाडेको गरगहना र नगद फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए।  

प्रहरीले नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेको हो।  

प्रकाशित: १५ मंसिर २०७७ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App