coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाघेद्वारा प्रहरी समक्ष आत्मसमर्पण

हातहतियार मुद्धाका आरोपी बारपाक सुलिकोट गाउँपालिका–१ का धनबहादुर गुरुङ (बाघे) ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।  

२०७२ जेठ २२ गते प्रहरीले गुरुङको साथबाट ७६०० नम्बरको चारराउण्ड गोली भएको एकथान अटोमेटिक पेस्तोल, तीनराउण्ड गोली भएको कटुवा पेस्तोल एकथान र थ्री नट थ्री राइफलको तीनराउण्ड गोली बरामद गरेको थियो । हतियारसहित प्रहरीले गुरुङलाई पक्राउ गरेलगत्तै स्थानीयको अवरोध भएपछि गुरुङ फरार भएका थिए । गुरुङलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै आक्रमण भएपछि उनी फरार भएका थिए ।  

तर, प्रहरीले उनी बिरुद्ध हातहतियार खरखजना शीर्षकमा मुद्धा दायर गरेको थियो । २०७३ मंसिर २० गते जिल्ला प्रशासन कार्यालय गोरखाले गुरुङलाई नौ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तोकेका थियो । त्यसपछि फरार रहेका गुरुङले सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पीसीआर जाँच गरेर कारागार चलान गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताए । ‘पीसीआर रिपोर्ट नेगेटिभ आएपछि कारागार चलान गर्नेछौं’ उनले भने ‘अहिले हिरासतमा छन् ।’ 

प्रकाशित: ३० मंसिर २०७७ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App