१९ असार २०८१ बुधबार
image/svg+xml

महोत्तरीमा दुई समुदायबीच भएको झडपका विषयमा सर्वदलीय बैठकले गर्‍यो ८ बुँदे निर्णय

बिहीबार ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी युवा संगठनले निकालेको शोभायात्रा र्‍यालीको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना सर्वसधारण र १० जना प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधज्ञा जारी गरेको छ।

मधेसका शक्तिपीठमा खोंइच भराईको उल्लास

विजया दशमीको आगमनसँगै मधेसका गाउँसहरको चोक–चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। झिलिमिली बिजुली बत्तीले दुर्गा मन्दिर झकिझकाउ छ।

नेपालमा हिन्दु-मुस्लिमबीचको द्वन्द्व चर्काउने प्रयास भइरहेको छः अन्सारी

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो।

आज जनै पूर्णिमा

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

मुस्लिम र हिन्दुले धुमधामसँग मनाए मुहर्रम

एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधमासँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए।

कामनपा मेयरका उम्मेदवार श्रेष्ठलाई विश्व हिन्दु महासंघको साथ

विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ।

उद्घाटन सत्रमा हातपात गरिएको बारे विश्व हिन्दु महासंघद्वारा खेद प्रकट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्रकट गरेको जनाएको छ।

कांग्रेस महाधिवेशनमा हिन्दु राज्य

हिन्दु राज्यको माग दिनानुदिन उर्लिएको समानान्तररूपमा हिन्दुत्वलाई बदनाम र प्रहार गर्ने षड्यन्त्रको शृंखला पनि भित्रभित्रै चलिरहेको छ। २०७५ मंसिर–पुसमा सम्पन्न नेपाली कांग्रेसको बाह्रौँ महासमिति बैठकका १५ सयमध्ये करिब आठ सय संख्यामा अधिकांश सहभागीले हिन्दु राज्य स्थापनाका लागि संविधान संशोधन हुनुपर्ने प्रस्तावलाई कांग्रेसले स्वीकार्नुपर्छ भन्ने जोडदार मागमा सही गरेर ज्ञापनपत्र बुझाएका थिए,त्यो कता पुग्यो?

साझा पर्व बन्दै छठ

इद मुस्लिमबाहेक अरू समुदायकाले मनाउँदैनन्। दसैँ/तिहारप्रति हिन्दू धर्मावलम्बीबाहेक अरूको सरोकार रहँदैन। तर छठ मात्र यस्तो पर्व हो जसलाई सबै धर्मावलम्बी, क्षेत्र, समुदाय, भूगोल र जातकाले मनाउँछन्।

खेलकुदजन्य गतिविधि गर्न र देउसी खेल्न नपाईने

कोरोना भाइरस समुदायस्तरमै देखिएको अवस्थामा महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा समेत देउसीभैलो कार्यक्रम सञ्चालन नगर्ने भएकाले सबै स्थानीय तहमार्फत सूचना समेत जारी गरिएको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए।

पश्चिम तराईमा पर्वको उल्लास

आस्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

‘कर्म गर फलको आशा नगर’

जीवनमा सत्कर्मभन्दा ठूलो धर्म केही नभएकाले कर्ममा लागिरहनुपर्छ। सत्कर्म गरेर धन कमाउनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ। सबैको भलाइ गर्ने, कसैको कुभलो नचिताउने, कसैलाई दुःख नदिने, झुटो नबोल्ने, छलकपट नगर्नेजस्ता आदर्श अँगाली सकारात्मक धारणा राखे सुखी हुन सकिन्छ।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना माग गर्दै प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै प्रदर्शन गर्ने भएको छ।

आज गुरु पूर्णिमा

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व गुरूपूर्णिमा आइतबार धुमधामका साथ मनाइँदै छ। धर्मशास्त्रका आधारमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई व्यासपूजा पूर्णिमा वा व्यासजयन्ती पनि भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्