२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कामनपा मेयरका उम्मेदवार श्रेष्ठलाई विश्व हिन्दु महासंघको साथ

विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ। महासंघले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो।

नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका छन्। कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी गरे। उनले महादेवको कथा सुनाउँदै अब महादेवलाई एकपटक जगाउने बेला भएको बताए।

मेयरका उम्मेदवार श्रेष्ठले देशको शासन बाँदरले चलाइरहेको भन्दै अब राज्यमा सुशासन ल्याउन आवश्यक रहेको बताए। मेयरका उम्मेदवार श्रेष्ठले भविष्यमा आफ्ना सन्ततीहरुको सपना साकार बनाउनका लागि अहिले बलिदान दिन पनि पछि हट्न नहुने बताए।

प्रकाशित: २२ वैशाख २०७९ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App