४ वैशाख २०८१ मंगलबार
समाज

महोत्तरीमा दुई समुदायबीच भएको झडपका विषयमा सर्वदलीय बैठकले गर्‍यो ८ बुँदे निर्णय

महोत्तरीको भँगहा नगरपालिका–८ पररिया टोलमा बिहीबार भएको हिन्दु–मुस्लिम समुदायबीच भएको झडपका विषयमा स्थानीय राजनीतिक कर्मी, नागरिक समाजका अगुवा र स्थानीय प्रशासले आठ बुँदे निर्णय गरेको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यलय महोत्तरीले बोलाएको सर्वदलीय बैठकबाट उक्त घटनाको विषयमा आठ बुँदे निर्णय गरेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

भँगहा नगरपालिकामा बिहीबार ४ बजेदेखि लगाइएको कर्फ्यू जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए। उनका अनुसार हिजो भएको घटना विषयमा ८ बुँदे निर्णय भएपनि कर्फ्यू कायमै रहेको छ। सुरक्षा निकायको बैठकबाट कर्फ्यूको विषयमा निर्णय हुने उनले बताए।

बिहीबार ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी युवा संगठनले निकालेको शोभायात्रा र्‍यालीको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना सर्वसधारण र १० जना प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधज्ञा जारी गरेको छ।

भँगहा नगरपालिका–८ को पररिया टोलमा हिन्दु सम्राट सेनाले छठ पर्वको अवसरमा निकालेको कलश तथा शोभायात्राको क्रममा दुई पक्षबीच भएको असम्झदारी र झडप स्थितिलाई नियन्त्रण गरी समाजिक सदभाव कायम गर्न घटनामा संलग्न दुबै पक्ष र आमनागरिकलाई अह्वान गर्न, घटनामा भएको धनजन क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था गरदिन गृह मन्त्रालयमार्फत् नेपाल सरकारलाई अनुरोध गरे।

त्यस्तै घटनामा संलग्न दोषीलाई पत्ता लगाई कानुनी प्रक्रिया बमोजिम कारबाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्च स्तरीय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालयसँग अनुरोध गर्ने र परिस्थितिलाई काबुमा राख्न तथा समाजिक सदभाव कायम गर्न र्‍याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने, जिल्लामा कृयाशिल राजनीतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलीय सर्वपक्षीय संयन्त्र बनाउने निर्णणपत्रमा उल्लेख गरिएको छ। साथै सो सर्वदलीय बैठकले छठ पर्वको उपलक्ष्यमा शुभकमना समेत दिएको छ।

प्रकाशित: ११ कार्तिक २०७९ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App