coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुस्लिम र हिन्दुले धुमधामसँग मनाए मुहर्रम

कपिलवस्तु नगरपालिका– २ स्थित कर्बलामा सेलाउन ल्याइएका ताहाजियाहरु।

दुई वर्षको कोरोना कालपछि कपिलवस्तुमा धुमधामसँग मुहर्रम पर्व मनाइएको छ। मुस्लिमहरुको तेस्रो प्रमुख चाड मुहर्रम पर्व कपिलवस्तुमा मंगलबार मुस्लिम र हिन्दुहरुले सँगै मनाएका हुन्।

एक आपसमा भाइचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षोल्लास र धुमधमासँग मुहर्रम मनाएका हुन्। सो अवसरमा मुस्लिमहरुले विशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए।

जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला भर्न हजारौं श्रद्धालु भक्तजनहरु आएका थिए। यो पर्वमा हजरते इमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पूजाअर्चना गरिएको थियो। जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो।

भाकल गरी तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, सम्वृद्धि तथा मनोइच्छा पूरा हुने गरेको भक्तजनहरु बताउँछन्। साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ। यसैबीच सदरमुकाम तौहिलवास्थित घरमा राखिएको ताहाजियाालाई तौहिलवा बजारमा परिक्रमता गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा बिसर्जन गरीएको थियो।

सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए।  मुहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले खीर, बिर्‍यानी लगायतका परिकार वितरण गरेका थिए। इस्लाम धर्मका प्रर्वतक इमाम हुसनेको सम्झनामा यो पर्व मनाइन्छ। १४ सय वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन्।

यजिद नामक शासकविरुद्ध युद्धकाक्रममा शाहदत प्राप्त गरेका थिए। अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी सम्बत्को एकदेखि १० दिनसम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउँछन्। मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै मस्दिमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।

यो पर्वमा हिन्दु समुदायले ढोल, तासा, नगाडासहितको परम्परागत बाजा बजाई नाचगान गर्ने प्रचलन रहेको छ। साथै मुहर्रमका दिन तरवार, लठ्ठी नचायर, ट्युव लाइटलाई टोउकोले फुटालेर, मुखमा आगो राखेर सहासिक प्रदर्शन समेत गरिन्छ। घरमा पूजा गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करवलामा लगेर विसर्जन गरिन्छ। यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ७ पालिकाले स्थानीय बिदा दिएका थिए।

प्रकाशित: २४ श्रावण २०७९ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App