२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीका एक वर्षमा सवारी दुर्घटनाबाट सय बढीको मृत्यु

कर्णालीमा एक वर्षभित्र सवारी दुर्घटनाका कारण एक सय १२ जनाको ज्यान गएको छ। प्रदेशअन्तर्गतका दस जिल्लाको तथ्यांक हेर्दा एक सय १२ जनाको ज्यान गएको हो।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशभरि एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ९ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। जुम्लामा भएका ४१  दुर्घटनामा  सातजनाको मृत्यु भएको हो।

मुगुमा १२ र डोल्पामा १३ वटा सवारी दुर्घटनाका घटना भएका थिए। सल्यानमा एक सय ३० सवारी दुर्घटनामा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो।

यस्तै गत वर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भयो भने जाजरकोटमा ६८ वटा दुर्घटना पाँच, दैलेखमा ७० वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

यस्तै सवारी दुर्घटना परी एक वर्षको अवधिमा दुई हजार ७७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच सय २४ जना गम्भीर र अन्य सामान्य छन्। घाइतेमध्ये सबैभन्दा धेरै सुर्खेतका एक हजार एक सय ८४ छन्। जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना छन् भने सल्यानमा दुई सय ७१, रुकुमपश्चिमका एक सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ।

प्रहरीका अनुसार कर्णालीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। गत आवमा प्रदेशभर सात सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन्। त्यसपछि एक सय ६५ वटा अटोरिक्सा, दुई सय १८ वटा जिप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन्।

एक वर्षको अवधिमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक÷ट्यांकर दुर्घटना परेको प्रहरीले जनाएको छ। यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिपर, १४ वटा डोजर तथा लोडर दुर्घटना भएका थिए।

प्रकाशित: १२ श्रावण २०८१ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App