नौ दललाई केको त्रास?
राजसंस्था पुनःस्थापनाको आवाज उठाउँदै सडकमा ओर्लिएको जनसमुदायको आवाज, संयुक्त वक्तव्यले भने जस्तो कसरी “लोकतन्त्र विरोधी अवाञ्छित” भयो ?
राजसंस्था पुनःस्थापनाको आवाज उठाउँदै सडकमा ओर्लिएको जनसमुदायको आवाज, संयुक्त वक्तव्यले भने जस्तो कसरी “लोकतन्त्र विरोधी अवाञ्छित” भयो ?
जुन पार्टीमा लोकतन्त्र मरेको हुन्छ, त्यस्तो पार्टीका कार्यकर्ताहरू आदेशपालक झुण्ड, चाकरी–चुक्ली–चम्चागिरीका बाहक र स्वाभिमानहीन दासका रूपमा चिनिन्छन्।
ठूला दलहरूले ‘प्रतिगामी शक्ति’ को हाउगुजीको बहानामा जनतासमक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामथ्र्य देखाउन नसकी गठबन्धनका नाममा उम्मेद्वारीमै भागबन्डा गरेर निर्वाचनमा गए। प्रमुख दलहरूभित्र ‘प्रतिगामी शक्ति’ को खतरा देखाएर गणतन्त्रको औचित्य स्थापित गर्न पनि खोजियो।
एउटा गुटमा सीमित रहन र गठबन्धनलाई टिकाएर प्रधानमन्त्रीको जागिर खाइरहने देउवाको लाक्षणिक गतिविधि कांग्रेसलाई स्थायीरूपमा धर्मर र वैशाखीको सहाराबेगर हिँडडुल गर्न नसक्ने बनाउन लागेको देखिन्छ।
भएभरका विकृति, विसंगति, आपराधिक चरित्र, दण्डहीनता, भ्रष्टाचार, सत्तामा माफियाको निर्णायक पहुँच निर्वाध हुनुको अर्थ श्रीलंकाको नियति नेपालले भोग्नुपर्ने सम्भावना बढ्दै जानु हो।
आफ्नो घर नियालेर हेर्न घरबाहिर निस्कनुपर्छ। त्यस्तै आफ्नो देश राम्ररी हेर्न देशबाहिर निस्कनु पर्दोरहेछ। सात समुद्रपारिबाट देखिने नेपाल र देशबाहिर बसेका नेपालीले आफ्नो मातृभूमिबारे गरेका सामयिक टीकाटिप्पणी नौलो र निकै रोचक लाग्ने गर्छ। आमअमेरिकी देशभक्त नै हुन्छन्। ‘अमेरिका पहिलो’ भन्ने कुरामा उनीहरू जिम्मेवारीपूर्ण सचेतता पनि देखाउँछन्।
भ्रष्टाचारलाई शिष्टाचार देख्ने आचरण र मनोवृत्तिबाट समाजका भ्रष्टहरू सत्ताका ‘अतिश्रेष्ठ’ भइरहेका छन्।
काठमाडौंँ महानगरपालिकालगायत धरान, जनकपुर, धनगढी जस्ता महत्वपूर्ण उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेद्वारहरूमार्फत लाखौँं मतदाताले व्यक्त गरेको अभिमत गम्भीर कौतुहलको विषय हो।
एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावटमात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन। अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो।
अर्थ व्यवस्थामा खतराको तह छोपिसकेको मुलुकको आयात परिमाण, खर्बौंको व्यापार घाटा र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई पनि समाप्त पारेर मुलुकलाई दाल–चामल, तरकारी र विद्युत् लगायत वैकल्पिक इन्धन इत्यादि सबै क्षेत्रमा पराश्रित बनाइएको छ।
माओवादीलाई चुनाबी गठबन्धन नगरी अस्तित्व बचाउन नसकिने आत्मबोधले सकेसम्म कांग्रेससँग, कांग्रेसले नमाने एमालेसँग ‘त्वं शरणम्’ को शैलीमा गठबन्धन गर्नुपरेको छ।
लोकतान्त्रिक गणतन्त्रका निर्वाचनहरू माफिया र बिचौलियाको निगाहपूर्ण चन्दारूपी अग्रिम घुसमा हुनुपर्ने हो भने यो व्यवस्था अभिशापसिद्ध नभएर कसरी वरदान सावित होस्। यस्तै मनोवृत्तिका ‘नेता’ को जिम्मामा देशको भाग्य र भविष्य चल्दैछ। त्यसैले पछिल्लो आन्दोलन र परिवर्तनमाथि पुनर्विचार हुनुपर्छ र राज्यले कोर्स करेक्सन गर्नुपर्छ भन्ने जनभावना र चाहनालाई नजरअन्दाज गर्न थालियो भने यसअघिका राजनीतिक ब्यवस्थाहरू निर्ममताका साथ ढलेजस्तै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि ढल्ने जोखिमलाई कसैले रोक्न सक्दैन।
युक्रेनमा रुसी आक्रमण हुँदा नेपाली भूभाग मिचिएको घटनाले हामीलाई थप संवेदनशील बनाउनेतिर हाम्रो ध्यान जानु जरुरी छ ।
यो कसरी ‘जनयुद्ध’ भयो, त्यो पनि यसका आयोजकलाई नै आजसम्म थाहा भएजस्तो लागेन। राजनीतिक दलविशेषको कारण र आह्वानमा नेपालको इतिहासमै सबभन्दा धेरै नरसंहार भएको कारणले हो कि, यसको लक्ष्य प्राप्तिका लागि जनतालाई बली चढाएकाले ‘जनयुद्ध’ भनिएको हो?
पाँचौँपटक प्रधानमन्त्री भएका देउवाको कार्यशैली र कार्यसम्पादनको स्तर उन्नत र परिपक्व भएको पाइएन। गत साउन २४ मा सत्ता गठबन्धनका ५ दलको तर्फबाट घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको इमानदारीपूर्ण कार्यान्वयनमा प्रधानमन्त्रीको सम्वोधनले इच्छाशक्तिको अभाव, उदासीनता र अनुत्तरदायित्वको मानोवृत्ति प्रतिविम्बित गर्यो।