२० आश्विन २०८१ आइतबार
image/svg+xml

इन्धनको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा

देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मूल्यवृद्धिका कारण निर्माण सामग्रीहरूको समेत अत्यधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।

अधिकार प्रत्यायोजन नहुँदा वडाका काम ठप्प

कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिँदा वडा तहका विभिन्न काम ठप्प भएका छन्।

माग पूरा नभए विराटनगर भन्सार ठप्प पार्ने श्रमिकको चेतावनी

पटक–पटक भन्सार, जिल्ला प्रशासन कार्यालय, ट्रान्स नेपाल लगायतका निकायसँग विभिन्न खालका सहमति गरिएपनि विगतमा गरिएका सहमतिसमेत कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए।

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरुले पारे आकस्मिक बाहेक सबै सेवा ठप्प

आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ। औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन्।

एक हप्तादेखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ। वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ।

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।

दलको रिसले राज्य ठप्प

अहिले आएर संसद् चल्नै नदिने भूमिका देखिएको छ। यसले एमालेलाई फाइदा गर्दैन। दलबीचको आपसी तिक्तता देश ठप्प पार्ने हदमा जानु भनेको आमनागरिकले यिनलाई विश्वास गर्न नसक्ने स्थिति बन्दै जानु हो। मुलुकको जटिल अवस्थालाई ध्यानमा राखी ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो प्रवृत्तिमा रोक लगाउन सक्नुपर्छ।

निषेधाज्ञाले काठमाडौंका डेढ सयभन्दा धेरै योजना ठप्प

सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम रोकिएको हो। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका सम्पूर्ण कार्य ठप्प भएका छन्।

कार्यालय ठप्प पारी अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी मुस्ताङ भ्रमणमा

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर ।' गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ म्याग्दीको एक गाउँपालिकामा ।

डेढ वर्षदेखि रसुवागढी नाकाबाट निर्यात ठप्प

भाषाको समस्या समाधान हुने क्रममा रहेको समयमा चीनको उहानमा देखिएको कोभिड–१९ का कारण चिनियाँ पक्षले निर्यातको लागि अझै अनुमति नदिएको हो। २०७६ साउनदेखि नाकाबाट सामग्री निर्यात नभएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

वीपी प्रतिष्ठानका रेडियोग्राफरको कोरोनाबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै कर्मचारीद्वारा काम ठप्प

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि आज(मंगलबार) रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।

बाढीपहिरोले यातायात ठप्प

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा व्यापक क्षति पुगेको छ। प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

लकडाउनले आर्थिक संकट, विकेन अलैची

अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।

लकडाउनको २७ औं दिनः अत्यावश्यक काम बाहेक सबै ठप्प

आज नेपाल लकडाउनको २७ औं दिन। कोरोनाको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ। यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्