coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माग पूरा नभए विराटनगर भन्सार ठप्प पार्ने श्रमिकको चेतावनी

एकिकृत जाँच चाैकीमा पत्रकार सम्मेलन गर्दै श्रमिकहरू। तस्बिर:नागरिक

विभिन्न ९ सुत्रिय माग राख्दै विराटनगर स्थित एकिकृत भन्सार जाँच चौकीका श्रमिकले आन्दोलन गर्ने चेतावनी दिएका छन्। सोमबार एकिकृत जाँच चौकीमा पत्रकार सम्मेलन गरी श्रमिकहरूले आन्दोलनमा उत्रने चेतावनी दिएका हुन्।  

श्रमिकहरूले हाल कार्यरत सबै श्रमिक तथा कर्मचारीलाई नियमित गर्नुपर्ने, समाजिक सुरक्षा लागु गर्नुपर्ने,  विदेशी कामदारलाई श्रम स्वीकृति लिएरमात्रै काम गर्ने व्यवस्था गर्नुपर्नेलगायतका ९ सुत्रिए माग राखेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्। समाजवादी कारखाना श्रमिक संघ एकिकृत भन्सार जाँच चौकीका इकाइ अध्यक्ष शम्भुकुमार यादवले श्रमिकका माग पुरा नभए मंसिर १२ गते देखि अश्चितकालकालागि एकिकृत भन्सार जाँच चौकी ठप्प पारिने बताए। 

उनले पटक–पटक भन्सार, जिल्ला प्रशासन कार्यालय, ट्रान्स नेपाल लगायतका निकायसँग विभिन्न खालका सहमति गरिएपनि विगतमा गरिएका सहमतिसमेत कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताए। विराटनगर स्थित एकिकृत जाँच चौकीमा दैनिक ५ सयको हाराहारीमा मालबाहक ट्रकहरू आवत–जावत गर्नेगरेका छन्। एकिकृत जाँ चौकीमा ३ सय जना  श्रमिक  र ज्यालादारी कर्मचारी काम गरिरहेको श्रमिकहरूले बताएका छन्।

प्रकाशित: ६ मंसिर २०७८ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App