विपद्को तयारी सुस्त
गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।
गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।
दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।
विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा १ जना पुरुषको शव फेला परेको छ।
बिहानैदेखि लगातार परिरहेको वर्षाका कारण जनकपुरको बाटाहरुमा पानी जमेको छ। सामान्य वर्षामा पनि यहाँका घरहरुमा पानी पस्छ। खासगरी पुरानो घर सडक भन्दा तल भैसकेको घरमा पानी पसेको छ।
पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्।
चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ।
विराटनगर महानगरपालिका–५ स्थित बरगाछीमा रहेको कान्तिपुर इन्स्टिच्युटका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनैवर्ष सिमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कले निदाउँदे। तर, शुक्रबार रातीदेखि परेको अविरल वर्षाले त्यहाँको ठुलो बस्ती डुवानमा पर्यो। डुबानमा पर्दा बिस्थापित भएका गाउँले अझै घर फर्किन सकेका छैनन्।
प्रहरीले नेपालगन्जबाट भन्सार छली गरिएको ठूलो परिमाणको चिनी र दाल बरामद गरेको छ।
बजारभन्दा पर उत्पादित कृषिजन्य उत्पादन सहज ढुवानी नहुँदा थन्क्याउनुपर्ने बाध्यता किसानलाई पर्छ। उत्पादित कृषिजन्य वस्तु गाईवस्तुलाई आहारा बनाउनुपर्ने पीडा पनि नभएको होइन। अर्कोतिर बजार भाउ नपाउँदाको दुःख पनि उस्तै छ।
पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।
तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ।
चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ बढाएको छ। अघिल्लो आर्थिक वर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट बढाएको हो।