६ वैशाख २०८१ बिहीबार
समाज

नालीमा पुरुषको शव फेला

फाइल तस्बिर।

विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा १ जना पुरुषको शव फेला परेको छ। मृत अवस्थामा विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डल मंगलबार राति साढे ११ बजेतिर फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार टाउको तथा शरीरको भाग नालीको पानीमा डुबेको र खुट्टा बाहिर निस्किएको अवस्थामा शव भेटिएको हो। मण्डलको शव भेटिएको नजिकै एउटा साइकल पनि लडिरहेको अवस्थामा फेला परेको छ।

रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा अनियन्त्रित भएर नालीमा लडेपछि उठ्न नसकेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ। मण्डलको शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App