coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरु ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।  

बाढी र डुबानबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय असार १५ देखि १७ गतेसम्मका लागि बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव र बालबालिकालाई विद्यालय आउन जान समस्या भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको बताए।

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले ३ दिनसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले बर्खे विदामा कटौती गर्ने गरी ३ दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको कोइरालाले जानकारी दिए।

महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले नागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १५ असार २०७९ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App