coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चितवनमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ।

आज उद्घाटन भएको प्रतियोगितामा सात वटै प्रदेशका करिब ३ सय खेलाडी सहभागी भएका छन्। दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय तेक्वान्दो संघ चितवनले जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए। पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शन रहने श्रेष्ठको भनाइ छ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा हुनेछ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए।

यसैबीच, प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुदको हब बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको बताएकी छिन्। एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेशस्तरीय खेलमैदान तथा अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भइरहेको पनि मेयर दाहालले बताइन्।

प्रकाशित: १३ असार २०७९ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App