२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उपमेयरको घर जलमग्न

बिहानैदेखि लगातार परिरहेको वर्षाका कारण जनकपुरको बाटाहरुमा पानी जमेको छ। सामान्य वर्षामा पनि यहाँका घरहरुमा पानी पस्छ। खासगरी पुरानो घर सडक भन्दा तल भैसकेको घरमा पानी पसेको छ।

पानीको निकास नहुँदा घरसहित बाटाहरुमा पानी जमेको छ। जनकपुरको क्याम्पस चौक, वकिल टोल लगायतको गल्लीहरु अहिले जलमग्न बनेको छ। जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साहको पनि घर डुबानमा परेको छ।

आज बिहानैदेखि परिरहेको पानीका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न हुँदा वडा नं. १० स्थित उपमेयर साहको घर समेत डुबानमा परेको कांग्रेसका एक जना कर्याकर्ताले सर्वजनिक गरेका छन्।

'वर्षयाममा हरेक वर्ष घरमा पानी पस्ने गरेको। यो यसपालिको मात्रै समस्या होइन मैले तत्कालीन मेयर लालकिशोर साहलाई पानीको निकास निकाली दिन्न आग्रह गरेका थिए। उपमेयर साहले भने,  तर मेयर साहव वास्ता गरेनन्, अहिले आफू उपप्रमुखमा निर्वाचित भएपछि मेयर मनोज साहलाई भनेर नाला सफाइ गर्न लगाए पनि पानीको निकास नहुँदा समस्या यथावत् नै रहेको छ।'

प्रकाशित: १४ असार २०७९ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App