२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वमन्त्री गोविन्दराज जोशी कांग्रेसबाट निस्काशित

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी सहित तीन जना पार्टीबाट निस्काशित भएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो।

‘सरकार अनुत्तरदायी’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउन खोल्दा सरकारले तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ। सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा गठित कोभिड–१९ अनुगमन समितिले कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि लागु लकडाउन खोल्दा आमनागरिकले राहत महसुस गरे पनि संक्रमणको विस्तार हुनसक्ने थप जोखिमलाई सरकारले ध्यान दिन नसकेको जनाएको हो।

नेतृत्वका लागि मोर्चा कस्दै कांग्रेस नेता

अहिलेको परिस्थितिमा सर्वसम्मतले नेतृत्व चयन होस् भन्ने चाहना छ। त्यस्तो नभए शेरबहादुर देउवासँग छलफल गरेर निर्णयमा पुग्छु। –उपसभापति विमलेन्द्र निधि

कम्युनिस्ट नेतृत्व सरकार संविधान र प्रणाली नै समाप्त पार्न लागि परे : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संविधानसभाबाट जारी नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागि रहेको बताएका छन् । नयाँ संविधान, राजनीतिक तथा शासन प्रणाली र लोकतान्त्रिक गणतन्त्रसहित परिवर्ततनको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने बताएका हुन् ।

‘कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जान्छ तर पार्टी फुट्दैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफै पतन भएको जाने टिप्पणी गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफुलाई सर्वोपरी ठान्ने र आफैलाई केन्द्रविन्दुमा राख्नेहरू आफै पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी गरे ।

नेपाल प्रवेशद्वारमा एक सय दश फिट अग्लो राष्ट्रीय ध्वजास्तम्भ

पाँच वर्ष अगाडि आफूले धर्ना र प्रदर्शन गरी ३ महिनासम्म बन्द गराएको वीरगन्जको नाकामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले एक सय दश फिट अग्लो टावर स्थापना गरी राष्ट्रिय झण्डा फहराएका छन् ।

सरकारले कोरोनाबारे भ्रामक प्रचार गरिरहेको छ : कांग्रेस

नेपाली कांग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोभिड १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्धारा गठित कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए।

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए।

कांग्रेसले नबुझेको बिपी

आजको कांग्रेस पचासौँ जातका पशुपक्षीको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो छ।

चालु आवमा आर्थिक वृद्धि २.१ प्रतिशत मात्र

विश्व बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ नामको प्रतिवेदनले कोभिड–१९ र बन्दाबन्दीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

तरलता बढेपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रूपैयाँ खिचेको छ।

नेपालगन्जमा क्रिकेट रंगशाला: अघि बढ्दै माटो पटान र पर्खाल निर्माण

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।

चिनियाँ जहाज नउडाएरै घाटा

नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका चिनियाँ जहाज अधिकांश समय नउडाएरै घाटामा गएको देखिएको छ। एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपैयाँमा खरिद गरिएका चारवटा विमान अधिकांश समय जमिनमै रहेको देखिएको छ। यी जहाज २०७१, २०७३ र २०७४ मा खरिद गरिएको हो।

रेडक्रसले घर भाडामा दिएपछि प्रतिष्ठानसँग विवाद

नेपाल रेडक्रस सोसाइटीले आफ्नो जग्गामा निर्मित भवनलाई भाडामा प्रयोग गरेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रसबीच विवाद सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्