२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघको साधारण सभा पुनः स्थगित

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा फेरि स्थगित भएको छ। सुरुमा गत गएको चैत २६ र २७ गतेका लागि तोकिएको ५४औं साधारणसभा लकडाउनका कारण स्थगित गरिएको थियो।  

पछि साउन २६ र २७ गते गर्ने गरी साधारणसभाको तिथि तोकिएकोमा बिहीबार सम्पन्न महासंघको पदाधिकारी समितिको बैठकले पुनः स्थगित गर्ने निर्णय गरेको हो।  

‘कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमबारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको सभा, सम्मेलन, भेला आयोजना गर्न प्रतिबन्ध लगाएको निर्णय समेतलाई आधार मानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारणसभा सरकारले सभा, सम्मेलन, भेला गर्ने स्वीकृति दिएको १५ दिनभित्र आयोजना गर्ने’ निर्णय भएको महासंघको विज्ञप्तिमा उल्लेख छ।  

बिहीबारको बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्वअध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकालको सहभागिता रहेको बताइएको छ।  

प्रकाशित: ९ श्रावण २०७७ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App