२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल प्रवेशद्वारमा एक सय दश फिट अग्लो राष्ट्रीय ध्वजास्तम्भ

सीमामा लगाइएको राष्ट्रिय झण्डासंग तस्बिर खिचाउदै सांसद यादव लगायत । तस्बिरः नागरिक

पाँच वर्ष अगाडि आफूले धर्ना र प्रदर्शन गरी ३ महिनासम्म बन्द गराएको वीरगन्जको नाकामा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले एक सय दश फिट अग्लो टावर स्थापना गरी राष्ट्रिय झण्डा फहराएका छन् । नयाँ संबिधानको मस्यौदा आएदेखि संबिधान जारी भएउपरान्तसम्म त्यसमा असहमति जनाउदै चलेको मधेस आन्दोलनको बेला लामो समयसम्म देशको आपूर्ती ब्यवस्था खलबलाउने गरी यस नाकालाई अवरोध गर्न यादव नेतृत्वदायी भूमिकामा थिए । यादवले सोही ठाउँमा उभिएर राष्ट्रियता पक्षमा मधेसीको निष्ठा अडिग रहेको प्रतिक्रिया दिए ।

नेपालको प्रमुख प्रवेशद्वार तथा ब्यपारिक नाकाको रुपमा रहेको वीरगन्जको शंकराचार्य गेटको दक्षिणतर्फ दशगजा नजिक स्थापना गरिएको एक सय दश फिट अग्लो राष्ट्रीय ध्वजास्तम्भको स्थापना गरिएको छ । सीमावर्ती भारतीय सहर रक्सोलबाट नै देखिनेगरी मुख्य प्रवेशमार्गमा स्थापना गरिएको नेपालको राष्ट्रीय झण्डासहितको स्तम्भ (फलामे टावर)को आज कार्यक्रमका बिच उद्घाटन गरिएको हो । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद यादवको संसदीय बिकास कोषबाट स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत निर्माण गरिएको भएको फलामे टावरमा स्थापना गरिएको ३० फिट लामो नेपालको झण्डा फहराएर उद्घाटन गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, जिल्ला समन्वयल समिति पर्साका अध्यक्ष नेकमहमद अन्सारी, पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्त, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद लगायतको उपस्थितीमा सांसद यादवले राष्ट्रीय ध्वजासहित स्तम्भको उद्घाटन गरेका हुन । दशगजामा रहेको भारत–नेपाल जोडने मितेरी पुल कटेपछि शंकराचार्य प्रवेशद्वार पुग्नु अगडि नै एक एक सय १० फिट अग्लो झण्डा फलामे टावरमा  ३० फिट लामो नेपालको झण्डा राखिएको हो ।  

‘गेट वे अफ नेपालको रुपमा परिचित रेहेको भारत र नेपालको मुख्य ब्यपारिक नाका तथा प्रमुख स्थल प्रवेशबिन्दुमा मैले पर्सा निर्वाचन क्षेत्र नं. १ को बिकास कोषबाट एक सय १० फिट अग्लो राष्ट्रिय ध्वजाको स्तम्भ लगाएको छुँ । सम्पुर्ण नेपालीको स्वभिमानको रुपमा रहेको चन्द्रसुर्य अंकित हाम्रो नेपाली राष्ट्रिय झण्डा मैले सीमा नजिकै लगाएर गर्वानुभुति गरिरहेको छुँ,’ साँसद यादवले आफ्नो मन्तब्य ब्यक्त गरे, ‘मधेसीको निष्ठामाथी राष्ट्रवादको सवालमा बारम्बार अनुचित शंका उठाउने मनस्थितीलाई संक्षिप्तमा मैले उत्तर दिने प्रयास पनि गरेको हुँ । देशभक्त मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने मैले सदैव मुटुमा राष्ट्रियता बोकेको छुँ ।’

सांसद यादवले खुल्ला सीमामा नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिकलाई आफू नेपाल देशमा प्रवेश गरेको सूचना दिने किसिमले यो स्तम्भ र झण्डा लगाएको बताए । संसदीय पूर्वाधार विकास कोषबाट १० लाखसहित १३ लाख ६२ हजार रूपैयाँको लागतमा लगाइएको टावरमा रातिको लागि आधुनिक बत्ति समेत लगाइएको छ ।

प्रकाशित: ९ श्रावण २०७७ १३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App