१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री गोविन्दराज जोशी कांग्रेसबाट निस्काशित

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी सहित तीन जना पार्टीबाट निस्काशित भएका छन्। नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको हो।  

जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस अघि उनीहरुसँग स्पष्टिकरण सोधिएको थियो। ३ दिनको म्याद राखि अन्तिम पटक सोधिएको स्पष्टिकरण पनि चित्तवुझ्दो नभएको अनुशासन समितिले जनाएको छ। जोशीले गत निर्वाचनमा तनहुँबाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए।  

यस्तै पूर्वमन्त्री ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ। यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ।  

 

 

प्रकाशित: १० श्रावण २०७७ १५:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App