युवालाई सलाम
राष्ट्र सञ्चालन गर्न स्वाभिमान र साहस चाहिन्छ। बेइमानको बथानबाट त्यो सम्भव हुँदैन।
राष्ट्र सञ्चालन गर्न स्वाभिमान र साहस चाहिन्छ। बेइमानको बथानबाट त्यो सम्भव हुँदैन।
इतिहासले प्रमाणित गरेको तथ्य हो, जनता नै उठेपछि जुनसुकै अलोकप्रिय राजनीतिक प्रणाली ढल्न सक्छ र जनभावनाअनुसार नयाँ पद्धति सुरु हुन्छ।
नेपाली जनताले पनि राष्ट्र बचाउने हो कि गणतन्त्र भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ।
राष्ट्रिय सुरक्षामा कसैसँग सम्झौता नगर्ने र असंलग्न नीतिअनुसार सेना तटस्थ बस्नैपर्ने नीति र मार्गचित्रमा सेना अडिग रहन सकेन भने नेपालको झण्डा झुक्न बेर लाग्दैन।
नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ/बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन।
दलले तयार पारेका कार्यक्रम र दल वा गुटको स्वार्थमा रमाउने मानिस ‘कार्यकर्ता’ हो, बुद्धिजीवी होइन ।
विखण्डन, विष र विग्रहको वृक्ष ठहरिँदै गएको वर्तमान राजनीतिक प्रणालीले सीमित व्यक्तिको मात्र कल्याण गरेको देखिन्छ ।
नचाहिने कुरामा सडकमा उफ्रिने र राष्ट्र संकटमा परेका बेला घरभित्रै कुप्रिने रोगले राजनीतिमा जरो गाडेको छ । दलको सदस्य भएपछि विवेकसमेत दललाई बुझाउने प्रवृत्ति देखिन्छ ।
आफ्नै नेताको लात्ती त हो नि भनेर ढाड थापिरहने जनता भएका देशमा विकासको वृक्ष सुक्छ र विनास मौलाउँछ।
राष्ट्र स्वाधीन नभए पनि प्रजातन्त्र हुनुपर्छ भन्ने लेण्डुप दोर्जे प्रवृत्ति जनताले रुचाउँदैनन्।
महाभारतकालमा प्रकाशित मानचित्रमा भारत भन्ने छुट्टै देशको अस्तित्व देखिँदैन। नेपालको नक्सा भने स्पष्ट देखिन्छ।
आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।
आजको कांग्रेस पचासौँ जातका पशुपक्षीको मासुसहितका परिकार बेचेर धनी हुन चाहने मांसाहारी भोजनालयको मालिक जस्तो छ।
अथक मेहनत गरेर राष्ट्र र जनताको अनुहार हँसिलो बनाउन अहर्निश प्रयत्न गर्दागर्दै ५१ वर्षकै उमेरमा परलोक भएका राजा महेन्द्रले आफ्नो शासनकालमा जे/जति काम गरे, त्यो जगजाहेर छ। झापाबाट कञ्चनपुर जोड्ने महेन्द्र राजमार्ग होस् वा विकास निर्माणका ५० औँ आयोजना अहिले पनि राजा महेन्द्रको स्मृति दिलाइरहेका छन्।
माओले सत्ता लिएपछि २०१६ सालदेखि हजारौँ तिब्बती भागेर नेपाल र भारततिर लागे। राष्ट्र संघले तिनलाई शरणार्थी दर्जा दियो। उनीहरूलाई काठमाडौँ, पोखरा जस्ता ठाउँमा आश्रय दिइयो। हिमाली जिल्लामा शरण लिएका पूर्वी तिब्बतको खाम क्षेत्रका बासिन्दालाई ‘खम्पा’ (खामबासी) भनिने ती लडाकु जाति भएकाले चीनको सेनासँग छापामार युद्ध गर्ने तयारीमा लागे। अमेरिका, युरोपेली राष्ट्रहरू तथा भारतले ‘चीनको सेखी झार्न’ ती विद्रोहीलाई सहायता दिन थाले। नेपाल चीन विरोधीहरूको स्टेसन भयो। समयमै विद्रोह नरोकेको भए नेपाल ऊबेलै कुरुक्षेत्र बन्न सक्थ्यो।