coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्।  शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए। उनले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको आरोप लगाए। यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लाग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उनले बताए।  

साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिदा कानूनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताए। उनले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गरे।

जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवस्यक रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालको भनाई छ। उनले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताए। कोभिडका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासंघले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो। महासंघको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको जोखिम अझैपनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ९ श्रावण २०७७ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App