९ आश्विन २०८१ बुधबार
image/svg+xml

चुनाव गराउन अढाइ लाख कर्मचारी माग

निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ।

निर्वाचनमा सुरक्षा खर्च भार बढ्दै

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने देखिएको छ।

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च

यस्तै मतगणनाका लागि चिया खाजा खर्च वापत दुवै निकायले प्रतिसिफ्ट समान ५–५ हजार रुपैयाँका दरले खर्च पाउने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले विविध खर्च वापत ५० हजार रुपैयाँ पाउँदा निर्वाचन अधिकृतको कार्यालयले भने ३५ हजार रुपैयाँ मात्र पाउने छ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन :मतदान केन्द्रमा कम्तिमा पाँचदेखि बढीमा बाह्रजना सम्म जनशक्ति खटिने

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक मतदान केन्द्रमा १२ जना सम्म कर्मचारी खटिने भएका छन्।

निर्वाचनमा विदेशी पर्यवेक्षकलाई छैन चासो

संविधानसभा र त्यसपछिको आम निर्वाचनमा पर्यवेक्षणको इच्छा राख्दै निर्वाचन आयोगमा आवेदन दिने विदेशी पर्यवेक्षक दर्जनको हाराहारीमा हुन्थे। तर अगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि त्यसरी आह्वान गर्दा विदेशी पर्यवेक्षकको चासो न्यून देखिएको छ।

निर्वाचनको काममा संलग्न व्यक्तिको २० लाखसम्म दुर्घटना बीमा

जसअनुसार निर्वाचनको काममा संलग्न आयुक्त, आयोगको सचिवालय, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, मतदाता शिक्षा स्वयंसेवक, अनुगमनकर्ता, अनुगमन टोलीका सदस्य, निजी सुरक्षा अधिकारी (पिएसओ), विशेषज्ञ सेवाका लागि नियुक्त विज्ञ, मतदान केन्द्र तथा मतगणनास्थलमा खटिने कर्मचारी, स्वयंसेवक लगायत निर्वाचनको काममा संलग्न व्यक्तिको दुर्घटना बीमा गरिने उल्लेख गरिएको छ।

समानुपातिकतर्फ मतपत्र छपाइ सुरू

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ।

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

अद्यावधिकको क्रममा ताप्लेजुङबाट हटाइयो करिब पन्ध्र सय मतदाता

जिल्ला निर्वाचन कार्यालयले गरेको अद्यावधिक पछि ८९ हजार १ सय ४१ मतदाता भएका छन्। मतदाता नामावली अद्यावधिक पछि यहाँ गत स्थानीय तहको निर्वाचनका बेलामा भन्दा मतदाता घटेका छन्।

एमाले बाजुरामा उम्मेदवार छनोट सर्वसम्मत हुन सकेन, संघमा ३ प्रदेशमा ९ जनाको सिफारिस

नेताहरुले सहमति गरेर सर्वसम्मतका लागि अन्तिमसम्मको प्रयास गरेका थिए। नयाँलाई पालो दिनु पर्ने र पुरानालाई पनि एक पटक अवसर दिनु पर्नेमा सहमति नभएपछि प्रतिनिधी सभामा ३ जना र प्रदेश निर्वाचन क्षेत्र क र ख गरि ९ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।

धनुषाको सबै सिटमा माओवादीले गर्‍यो उम्मेदवार सिफारिस

माओवादीले धनुषाको निर्वाचन क्षेत्र-१ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ। उनी यस क्षेत्रका वर्तमान सांसद समेत हुन्। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्र कुमार यादव, वर्तमान शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ।

माओवादी नेतृ मोक्तानको नाम संघ र प्रदेशबाट सिफारिस

उम्मेदवारका आकांक्षीहरु दावेदारी प्रस्तुत गर्दै टिकटको दौडमा समेत लागिरहेका छन्। यस्तैमा नेकपा माओवादी केन्द्र मकवानपुरले नेतृ कुमारी मोक्तानको नाम प्रतिनिधसभा सदस्य र प्रदेशसभा सदस्य दुवैतर्फ सिफारिस गरेको छ।

महन्थ ठाकुर बारा–४ बाट सिफारिस

लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आशन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो।

राप्रपा नेपाल र आयोगबीचको मुद्दा टुंगो नलाग्दा मतपत्र छाप्न ढिलाइ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिन्हबारेको मुद्दा टुँगो नलाग्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपत्र छपाइमा ढिलाइ भएको छ।

कांग्रेसका २५ प्रभावशाली नेता: टिकट निश्चित, जित अनिश्चित

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २५ नेताहरूको टिकट सुनिश्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्