६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च

निर्वाचन आयोगले आउँदो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको क्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको सञ्चालन तथा व्यवस्थापन खर्च निर्धारण गरेको छ।  

जस अनुसार मसलन्द तथा कार्यालय सामग्रीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एकलाख र निर्वाचन अधिकृतको कार्यालयमा ८० हजार रुपैयाँ पठाइने छ। पानी तथा बिजुली महशुल र इन्धन खर्च गरी प्रत्येक शीर्षकमा समान ६०–६० हजार रुपैयाँका दरले खर्च पठाइने छ। सञ्चार खर्च,गोदाम समेतको घरघाडा खर्च,र मर्मत सम्भार खर्चमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको अधिकृतको कार्यालयले समान क्रमशः ३० हजार,७५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। मतगणना व्यवस्थापन खर्चतर्फ २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० हजार पाउँदा उतिनै मतदाता भए निर्वाचन अधिकृतको कार्यालयले २५ हजार रुपैयाँ मात्र पाउने छन्। तर,५० हजार सम्म मतादाता भए दुवैले ४०–४० हजार,८० हजार सम्म मतदाता भए दुवैले ५०–५० हजार र ८० हजार भन्दा माथि जतिसुकै मतदाता भएपनि दुवैले ६०–६० हजार रुपैयाँ मतगणना व्यवस्थापन खर्च पाउने छन्।  

यस्तै मतगणनाका लागि चिया खाजा खर्च वापत दुवै निकायले प्रतिसिफ्ट समान ५–५ हजार रुपैयाँका दरले खर्च पाउने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले विविध खर्च वापत ५० हजार रुपैयाँ पाउँदा निर्वाचन अधिकृतको कार्यालयले भने ३५ हजार रुपैयाँ मात्र पाउने छ।  

यस्तो हुने छ आयुक्त देखि सुरक्षा समितिका सदस्यको निर्वाचन सुविधा

निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन(आर्थिक व्यवस्थापन)कार्यविधि जारी गर्दै निर्वाचन आयोगका आयुक्त तथा कर्मचारी,सुरक्षाकर्मी र निर्वाचन सुरक्षा समितिका पदाधिकारी पाउने निर्वाचन सुविधा निर्धारण गरेको छ। जस अनुसार आयुक्त,आयोगको सचिवालयमा कार्यरत कर्मचारी,निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी र काजमा रहने थप कर्मचारी,आयुक्तको सुविधामा कार्यरत कर्मचारी,आयुुक्त र सचिवका निजी सुरक्षा अधिकारी,आयुक्तको निवासमा निजी सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी,आयोगको मूल गेटमा खटिने नेपाल प्रहरीका १० जना सम्म सुरक्षाकर्मी र निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारी र काजमा रहने थप कर्मचारीले निर्वाचन सुविधा वापत मासिक सुरु तलव स्केलको शतप्रतिशत रकम पाउने छन्। 

यस्तै निर्वाचन अधिकृतको निजी सुरक्षा अधिकारी,जिल्ला निर्वाचन व्यवस्थापन समितिका सदस्य,आयोगको भवन तथा परिसरको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी,नेपाल प्रहरीका १० जना सम्म सुरक्षाकर्मी,निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालय,मतपत्र छपाई स्थल र निर्वाचन सामग्रीको ढुवानीको सुरक्षाथए खटिएका सुरक्षाकर्मी र आयोगबाट निर्वाचन आचार संहिताको अनुगमनका लागि खटिएका कर्मचारीले समेत निर्वाचन सुविधा वापत मासिक सुरु तलव स्केलको शतप्रतिशत रकम पाउने छन्। खाजा खर्च वापत(सार्वजनिक बिदाको दिन समेत)अर्थ मन्त्रालयको बजेट कार्यान्वयन महाशाखाबाट जारी गरिएको कार्य सञ्चालन निर्देशिका अनुसार हुने निर्वाचन आयोगले जनाएको छ। यस्तै आयुक्तले सञ्चार सुविधावापत एकमुष्ठ दुईहजार पाँचसय रुपैयाँ,सचिवले दुईहजार रुपैयाँ,सहसचिवले एकहजार पाँचसय रुपैयाँ,उपसचिवले एकहजार र शाखा अधिकृतले पाँचसय रुपैयाँ पाउने छन्। यो सुविधा भने निर्वाचन आयोगका आयुुक्त र आयोगको सचिवालयमा कार्यरत कर्मचारीको हकमा मात्र लागु हुने भएको छ।

प्रकाशित: २५ भाद्र २०७९ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App