९ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचनका लागि १० हजार आठ सय ८८ मतदानस्थल कायम

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको संख्या कायम गरेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए।

भक्तपुर २ बाट उम्मेदवारीका लागि एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

आफ्नो अनुकुल सांसदको कार्यकाल लम्ब्याउने दलहरुको तयारीप्रति निर्वाचन आयोगको आपत्ति

आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल गणना गर्ने आधार समेत खुलाई आयोगले दिएको परामर्शको आधारमा निर्वाचन मिति तोकी तयारी कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय हुदैन’ भनेको छ।

ताप्लेजुङमा पाँच दलद्वारा उम्मेदवार सिफारिस

नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन्। नेकपा एमालेले उम्मेदवार सिफारिसका लागि मंगलबारबाट प्रदेश कमिटी स्तरीय छलफल सुरु गरेको छ।

दलहरु उम्मेदवार सिफारिसमा व्यस्त

आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।

प्रत्यक्षबाट किन पछि हटे निधि ?

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन्।

काँग्रेस बागलुङ क्षेत्र नम्बर २ बाट आरजु राणासहित १० जनाको नाम सिफारिस (नामावलीसहित)

काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।

हाम्रै नेतृत्वमा सरकार बन्छः गगन थापा

‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’

इलाम कांग्रेसबाट खड्का र आचार्य सिफारिस

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला समितिले नाम सिफारिस गर्ने उम्मेदवारको नाम टुंग्याएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

बागलुङ काँग्रेसमा प्रदेश सभा सदस्य बन्न चाहनेको लर्को, ६६ जनाले उम्मेदवारी दर्ता गराए

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार छनोटलाई अगाडि बढाएको छ।

गठबन्धन कायम भए सिन्धुलीमा संघ र प्रदेशमा एमालेलाई जित्न मुस्किल!

स्थानीय तहको निर्वाचनमा जिल्लास्थित स्थानीय तहका प्रमुखले पाएको मतको परिणामलाई हेर्दा गठबन्धन भए एमालेलाई सिन्धुलीमा कुनै सिट जित्न सक्ने अवस्था छैन। यद्यपी स्वतन्त्र उम्मेदवारले भोट काटे एमालेले पनि प्रदेश स्तरमा जित्ने आंकलन गरिएको छ।

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ। यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ।

मोरङ १ बाट प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

प्रदेश (क) को प्रत्यक्ष तर्फ चिरञ्जीवी थापा, अर्जुन तुम्रुक, गोमा नेपाल र विरवल थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङ्गा र विजय कार्कीको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र ख को प्रत्यक्ष तर्फ शंकर राई, प्रकाश बस्नेत र बृज थापाको नाम सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्