२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

फाइल तस्बिर

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो। निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जना उम्मेदवार सिफारिस भएका छन्।  

क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको छ।  

प्रत्यक्षमा समेत नाम समावेश भएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ। अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन्।रासस

प्रकाशित: १८ भाद्र २०७९ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App