१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मोरङ १ बाट प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस

नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ। बिहीबार बसेको प्रदेश समितिको बैठकले प्रदेश (क) र (ख) दुबैबाट उम्मेदवारका लागि नाम सिफारिस गरेको हो।

प्रदेश (क) को प्रत्यक्ष तर्फ चिरञ्जीवी थापा, अर्जुन तुम्रुक, गोमा नेपाल र विरवल थापाको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिक तर्फ खड्ग फागो, शोभा पालुङ्गा र विजय कार्कीको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र ख को प्रत्यक्ष तर्फ शंकर राई, प्रकाश बस्नेत र बृज थापाको नाम सिफारिस गरेको छ।

यस्तै समानुपातिक तर्फ इन्द्र लिम्बु, सुभद्रा भट्टराई र विमल राईको नाम सिफारिस गरिएको क्षेत्रनम्बर १ का सभापति शंकर राईले जानकारी दिए। प्रतिनिधिसभा तर्फको भने भदौ १८ गतेको बैठकले निर्णय गर्ने राईले बताए।

प्रकाशित: १६ भाद्र २०७९ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App