९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँके–३ बाट चुनाव लड्न कांग्रेसका तीन शीर्ष नेताको नाम सिफारिस

आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम सम्भावित उम्मेदवारका रुपमा सिफारिस गरिएको हो। यसअघिका निर्वाचनमा कांग्रेस उपसभापति खड्का सुर्खेत, राठौंर बर्दिया र देउवा कैलाली जिल्लाबाट चुनाव लड्दै आएका थिए।

तीन लाखले गर्नेछन् निर्वाचनको पहरा

निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ। नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाउने आन्तरिक रणनीति तयार पारेको छ। सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ।

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

एमालेको यही भदौ १० र ११ गते सम्पन्न चौथो केन्द्रीय कमिटीको बैठकका निर्णयलाई भदौ १५ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा उम्मेदवार सिफारिसको अन्तिम मिति भदौ २२ गतेलाई तोकिएको हो।

काँग्रेसद्वारा मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचनका लागि नाम सिफारिस

यस्तै प्रदेश (ख) को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह र सुकदेव सिंहको नाम सिफारिस गरेको क्षेत्रनम्बर ५ का पूर्व सभापति दिलिपकुमार पोखरेलले बताए। उनका अनुसार प्रदेशको समानुपातिक तर्फ भने प्रदेश (क) बाट ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस गरिएको जानकारी पोखरेलले दिए।

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचनमा कसको कोसँग प्रतिस्पर्धा?

२०५८ सालदेखि भ्रष्ट कर्मचारीको साँठगाँठमा सुरु गरिएको सर्वदलीय संयन्त्रलाई ब्युँताएर ‘भागशान्ति जय नेपाल’ गर्दै राष्ट्रिय स्रोत लुट्ने र भागबन्डा लगाएर हजम गर्ने नयाँ स्वरूपको अभियान हो यो गठबन्धन।

माधव नेपालको गृह क्षेत्रमा बढ्दैछ त्रिपक्षीय प्रतिस्पर्धा

नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोसपा नेपालका संस्थापक नेता तथा पूर्व मन्त्री अनिलकुमार झा र गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजयकुमार गुप्ता प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने चर्चा व्यापक चलिरहेको छ।

एमालेबाट काठमाडौँ १० वटै निर्वाचन क्षेत्रका लागि सिफारिस आकांक्षी (नामावलीसहित)

ती कमिटीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २ मा मणीराम फुयाल, क्षेत्र नम्बर ३ मा कृष्णराई, क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई, निर्मल कुईँकेल, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल, क्षेत्र नम्बर ६ मा योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल माताप्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना सर्वसम्मत सिफारिसमा परेका छन्।

आम निर्वाचन २०७९: कास्की कांग्रेसमा आकांक्षीको लामो लिष्ट

‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्‍याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग्ने पनि होइन, आकांक्षी हुन जो कोही पाउँछ।’

निर्वाचन आचारसंहिताः स्वीकृति नलिइ निजी क्षेत्रमा प्रचारप्रसार गर्न नपाइने

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी गर्दै यस्तो भनेको हो। आयोगले तयार पारेको आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ।

१६५ वटै क्षेत्रमा मतगणनाको व्यवस्था हुँदै

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कायम गरिएका १ सय ६५ वटै क्षेत्रमा आफ्ना कार्यालय स्थापना गरी त्यहीं प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना गर्ने व्यवस्था मिलाउन लागेको छ।

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने

मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्।

निर्वाचन शुद्धीकरणको आशा

निर्वाचनमा केही वर्षयता देखिएको विकृति तथा विसंगति नियन्त्रणका निम्ति सशक्त ढंगले आचारसंहिता कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।

डा.स्वर्णीम वाग्ले चितवन-१ का आकांक्षी,६ जनाले गराए नाम दर्ता

नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन्।

मोरङ-३ बाट नायिका रेखा थापाको नाम सिफारिस

राप्रपाका सहायक प्रवक्ता दिनेश साहका अनुसार राप्रपाले पहिलो नम्बरमा नायिका थापाको नाम मोरङ क्षेत्रनम्बर–३ बाट सिफरिस गरेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्