१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोरङ-३ बाट नायिका रेखा थापाको नाम सिफारिस

फाइल तस्बिर।

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको क्षेत्र नम्बर ३ बाट नायिका रेखा थापाको नाम सिफारिस गरेको छ। 

राप्रपाका सहायक प्रवक्ता दिनेश साहका अनुसार राप्रपाले पहिलो नम्बरमा नायिका थापाको नाम मोरङ क्षेत्रनम्बर–३ बाट सिफरिस गरेको जानकारी दिए।  

साहका अनुसार मोरङ –३ बाट नायिका थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ। मोरङ–३ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा  एमाले नेता भानुभक्त ढकाल यस क्षेत्रबाट निर्वाचित भएका  थिए। एमाले – माओवादी गठबन्धनबाट उनले जित्दा काँग्रेसका  उम्मेदवार सुनिल शर्मा पराजित भएका थिए। यसपटक पनि एमाले बाट ढकाल र कांग्रेसबाट शर्मा नै यस क्षेत्रका दाबेदार छन्।

प्रकाशित: १४ भाद्र २०७९ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App