१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धनुषाको सबै सिटमा माओवादीले गर्‍यो उम्मेदवार सिफारिस

आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले धनुषाका चार वटै प्रतिनिधिसभा र आठ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ। धनुषा जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय सदस्यहरु मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।

माओवादीले धनुषाको निर्वाचन क्षेत्र-१ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ। उनी यस क्षेत्रका वर्तमान सांसद समेत हुन्। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्र कुमार यादव, वर्तमान शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यका लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र विरेन्द्र महतोको नाम सिफारिस गरेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य उदय कुमार बरबरिया यादवले जानकारी दिए। बरबरियाका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवारको लागि योगकुमार बरबरिया 'श्रवण'को एकल नाम सिफारिस गरिएको छ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ। मण्डल स्थानीय चुनाव सहिदनगर नगरपालिकामा उपमेयरमा पराजित भएका थिइन्। निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस गरेको बरबरियाले बताए। धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ। धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको हो।

प्रकाशित: २१ भाद्र २०७९ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App