६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले बाजुरामा उम्मेदवार छनोट सर्वसम्मत हुन सकेन, संघमा ३ प्रदेशमा ९ जनाको सिफारिस

नेकपा (एमाले) बाजुराले सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि आकांक्षी सबै जनाको नाम प्रदेश कमिटीलाई पठाएको छ। आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि सर्वसम्मत नाम सिफारिस गर्ने कसरत गरेपनि सहमति नजुटेपछि सबै नामहरु प्रदेश कमिटीलाई सिफारिस गरिएको हो।

नेताहरुले सहमति गरेर सर्वसम्मतका लागि अन्तिमसम्मको प्रयास गरेका थिए। नयाँलाई पालो दिनु पर्ने र पुरानालाई पनि एक पटक अवसर दिनु पर्नेमा सहमति नभएपछि प्रतिनिधी सभामा ३ जना र प्रदेश निर्वाचन क्षेत्र क र ख गरी ९ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।

सर्वसम्मत गराउन नसकिएपछि आकांक्षी उम्मेदवारको नाम प्रदेश कमिटीलाई सिफारिस गरी पठाएको पार्टी सचिव भरत थापाले बताएका छन्। एमालेले प्रतिनिधी सभाका लागि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह र लोकेन्द्र शाहीको नाम सिफारिस गरिएको छ।

कर्ण थापाको नाममा सर्वसम्मत गराउन नेताहरु सहमत भएपनि प्रदेश सभाको कुरा नमिल्ने भएपछि सबै जनाको नाम पठाइएको हो। यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष तर्फमा केन्द्रीय सदस्य सहदेब बोगटी, प्रदेश सचिव बल्देव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाहीको नाम सिफारिस गरिएको छ।

पाँच जनाको नाम सिफारिस गरिएपनि बोगटी, रेग्मी र शाही मध्येबाट उम्मेदवार बन्ने निश्चित देखिन्छ। यस्तै प्रदेश निर्वाचन क्षेत्र ख मा ४ जनाको नाम सिफारिस गरिएको छ। एमाले केन्द्रीय लालबहादुर थापा, प्रदेश सदस्य लालबहादुर ओली, मिनबहादुर विष्ट र जिल्ला उपाध्यक्ष भरत बुढाको नाम सिफारिस गरिएको छ।

सिफारिस गरिएका थापा वर्तमान प्रतिनिधी सभा सदस्य पनि हुन्। प्रतिनिधी सभामा तीन जनाको नाम सिफारिस भएपनि प्रदेश कमिटीबाट एकल नाम जानसक्ने अनुमान गरिएको छ। भने प्रदेश सभाका उम्मेदवार छनोटमा सकस देखिएको छ। नयाँ अनुहारलाई अवसर दिनुपर्ने एकथरिको माग छ भने पुरानालाई नै एक पटक दोहार्‍याउनु पर्ने अडानमा केही नेताहरु देखिएका छन्।

२०७४ सालको निर्वाचनमा उम्मेदवार बनेका र सांसद पद प्राप्त गरिसकेका बाहेकलाई उम्मेदवार बनाउनु पर्ने माग भएपनि नेताहरुले एक पटक आफूलाई पालो दिनु पर्ने अडान राखेका छन्। अवसर लिने बेला यो पटकलाई मात्र भन्ने फेरि पनि दाबी दोहार्‍याइ रहने प्रवृत्तिले नयाँ अनुहारले पालो नपाउने अवस्था आएको छ।

एमालेले संघ र प्रदेशको समानुपातिक तर्फ पनि दर्जन बढीले उम्मेदवारी दिएका छन्। आकाक्षा राख्ने सबै उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको पार्टी सचिव भरत थापाले बताएका छन्। एमाले बाजुराको उम्मेदवारी छनोटमा व्यक्तिमा नभइ विधीमा सहमति भएको सचिव थापाको टिप्पोणी छ।

समानुपातिक तर्फ बसुन्धरा रोकाया, लालबहादुर खड्का, पेम्बा गुरुग भोटे, सृष्टी रेग्मी, रेखा कडारा, काशी विक, प्यारुनाथ सुनार, देबु खाती, कल्पना महत लगायतको नाम सिफारिस गरिएको छ। नाम सिफारिस जतिका गरिएपनि उम्मेदवार को हुने भन्ने संकेत प्रष्ट देखिएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App