१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन :मतदान केन्द्रमा कम्तिमा पाँचदेखि बढीमा बाह्रजना सम्म जनशक्ति खटिने

फाइल तस्बिर

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक मतदान केन्द्रमा १२ जना सम्म कर्मचारी खटिने भएका छन्। निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन(आर्थिक व्यवस्थापन)कार्यविधि २०७९ अनुसार पाँचसय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा बढीमा १२ जना कर्मचारी खटिन सक्ने भएका छन्।

कार्यविधि अनुसार दुईसय पचास सम्म मतदाता भएको मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जना,मतदाता नामावली रुजु गर्नका लागि एकजना र मतदातालाई मतपत्र दिनका लागि तीनजना गरी सहायक कर्मचारी चारजना,सहयोगी कर्मचारी एकजना,मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतदाताको नङ्मा मसी लगाउन एकजना महिला तथा मतदाताको लाइन व्यवस्थापन सहितका अन्य कार्य गर्न एकजना गरी दुईजना स्वयंसेवक सहित जम्मा नौ जना कर्मचारी खटिन सक्ने भएका छन्।

दुईसय एकाउन्न देखि पाँचसय सम्म मतदाता भएको मतदान केन्द्रमा मतदान अधिकृत एक–एक जना,मतदाता नामावली रुजु गर्नका लागि एकजना र मतदातालाई मतपत्र दिनका लागि चारजना गरी सहायक कर्मचारी पाँच जना,सहयोगी कर्मचारी एकजना,मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतदाताको नङ्मा मसी लगाउन एकजना महिला सहित दुईजना तथा मतदाताको लाइन व्यवस्थापन सहितका अन्य कार्य गर्न एकजना गरी तीनजना स्वयंसेवक सहित जम्मा ११ जना कर्मचारी खटिन सक्ने भएका छन्।

पाँचसयभन्दा बढी मतदाता भएको अवस्थामा उल्लेखित कर्मचारी समान रुपमा खटिई एकजना स्वयंसेवक थपेर १२ जना सम्म खटाइन सकिने कार्यविधिमा उल्लेख गरिएको छ। दुईसय पचास जना सम्म मतदाता भएको अस्थायी मतदान केन्द्रमा भने पाँचजना र दुईसय एकाउन्न देखि पाँचसयजना सम्म मतदाता भएको मतदान केन्द्रमा छ जनासम्म कर्मचारी खटिन सक्नेछन्।

 दुईसय पचास जना सम्म मतदाता भएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत एकजना,मतदातालाई मतपत्र दिने समेत सहायक मतदान अधिकृत एकजना,मतदाता नामावली रुजु गर्नका लागि एकजना सहायक कर्मचारी,एकजना सहयोगी कर्मचारी र मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतादाताको नङ्मा मसी लगाउन एकजना स्वयंसेवक परिचालन हुन सक्ने भएका छन्।

दुईसय एकाउन्न देखि पाँचसयजना सम्म मतदाता भएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत एकजना,मतदातालाई मतपत्र दिने समेत सहायक मतदान अधिकृत एकजना,मतदाता नामावली रुजु गर्नका लागि एकजना सहायक कर्मचारी,एकजना सहयोगी कर्मचारी र मतदान गरेका मतदाताको तथ्याङ्क राख्न र मतादाताको नङ्मा मसी लगाउन एकमहिला सहित दुईजना स्वयंसेवक परिचालन हुन सक्ने भएका छन्।

प्रकाशित: २४ भाद्र २०७९ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App