१० मंसिर २०८१ सोमबार
image/svg+xml

पोखरामा एमालेबाट मेयरमा कृष्ण र उपमेयरमा मञ्जुदेवीको उम्मेदवारी

पोखरा महानगरमा एमालेले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।

रुपन्देहीका १६ पालिकामा काँग्रेसले टुङ्गयायो उम्मेदवार

काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस बुटवल नगरसभापती समेत रहेका पाण्डे २०७४ को निर्वाचनमा पनि बुटवलको मेयरमा लडेका थिए।

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।

जसपा छाडेका यादवले दिए स्वतन्त्रबाट मेयरमा उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

पोखराको मेयरमा तीनजनाको उम्मेदवारी, कार्की कांग्रेसका बागी

पोखरा महानगरपालिकाको मेयर पदमा अहिलेसम्म तीनजनाले उम्मेदवारी दर्ता गराएका छन। मेयर पदका लागि विमल कार्की, गनेस पौडेल र सञ्जय तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका हुन्।

धनगढी उपमहानगरपालिकाको मेयरमा हमालको उम्मेदवारी दर्ता

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले इलाम नगर कमिटीको सामूहिक राजीनामा: जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्।

‘हाम्रो होइन, राम्रो छानौं’

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएको छ।

गठबन्धनमा उम्मेदवार मिलाउन सकस

सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणापछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।

कांग्रेसमा मनोमानी उम्मेदवार सिफारिसले विवाद

घोराही उपमहानगरपालिका–१५ को वडाध्यक्षका लागि ६ जना आकांक्षी देखिए। उम्मेदवारीमा आफ्नो दाबी गरेका ६ मध्ये २ जना बलिया दाबेदार थिए।

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए। एमाले महानगर कमिटीमा ११० सदस्य रहेका छन्।

आकांक्षी धेरै हुँदा उम्मेदवार चयन चुनौतीपूर्ण

राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहालका अनुसार लामो समयदेखि राजनीति गरेका व्यक्ति उम्मेदवार हुन खोज्नु अन्यथा होइन, आकांक्षी धेरै हुँदा सक्षममध्येबाट पनि सक्षमलाई उम्मेदवार तोक्ने अवसर दललाई प्राप्त हुन्छ।

पोखरामा मेयरसहित दश वडामा 'अटेरी उम्मेदवार'

पोखरा महानगरपालिकाको मेयरसहित विभिन्न वडामा गैर राजनीतिक व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन्। गैर राजनीतिक ती उम्मेदवारहरुले आफूहरुलाई ‘अटेरी उम्मेदवार’ को नाम पनि दिएका छन्।

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बताएका छन्।

'निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाही'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्