२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखराको मेयरमा तीनजनाको उम्मेदवारी, कार्की कांग्रेसका बागी

पोखरा महानगरको मेयरमा उम्मेद्वारी दिएका अटेरी उम्मेदवार गनेस पौडेल (पहेंलो टिसर्ट) । तस्बिरः उमेश पुन÷नागरिक

पोखरा महानगरपालिकाको मेयर पदमा अहिलेसम्म तीनजनाले उम्मेदवारी दर्ता गराएका छन। मेयर पदका लागि विमल कार्की, गनेस पौडेल र सञ्जय तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका हुन्।

कांग्रेस कार्यकर्ता विमल कार्कीले वागी उम्मेदवारी दर्ता गरेका छन्। गठबन्धनबाट पोखराको मेयरमा एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि उनले वागी उम्मेदवारी हालेका छन् । पोखरा–१४ निवासी कार्की नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन्।

त्यस्तै, अटेरी उम्मेदवार गनेस पौडेलले पनि उम्मेदवारी दर्ता गरेका छन्। स्थानीय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। साहित्यकार पौडेल पोखरा–१४ निवासी हुन्।  यसैगरी, मौलिक नेपाली दलबाट सञ्जय तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: ११ वैशाख २०७९ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App