१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरपालिकाको मेयरमा हमालको उम्मेदवारी दर्ता

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।

धनगढीको ट्राफिक चौराहबाट सयौ समर्थकहरु सहभागी रहेको बाजागाजा सहितको र्‍यालीका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर आईतवार बिहान उनले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेकोमा धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गर्ने उनी सबैभन्दा पहिले पुगेका हुन। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मुल नाराका साथ जनताको चाहानाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको उनले बताए।

सबै जनताको साझा मेयर बनेर धनगढीलाई नमूना बनाउने उनी बताउँछन्। ‘बाँडुचुडी खानका लागि गठबन्धन नेताले गरेको भएपनि तलका जनताले गठबन्धन नै गरेका छैनन्’ उनले भने,‘जनताको भ्रष्टाचार उन्मुलन गरेर हाम्रो धनगढी हामी बनाउन्छौं भन्ने जनताको चाहानाको प्रतिनिधित्व गरेर मेरो उम्मेदवारी हो, जनताको बिकासको चाहना नै मेरो जित्ने आधार हो।’

गठबन्धन देश बनाउन, विकास गर्नका लागी नभई वाँडीचुडी खान बनाएको हुनाले गठबन्धनलाई जनताले साथ नदिने उनको भनाई छ।  हमालले मेयरमा जितेपछि धनगढी उपमहानगरपालिकाबाट गाडी, तलव, भत्ता, यतायाता खर्च लगायत कुनै प्रकारको पनि लाभ नलिने घोषणा गरेका छन।

मेयर पदमा जितेमा देशभरीमै धनगढीलाई नमूना नगर बनाउने बताएका छन्। २०७४ को निर्वाचनमा पनि स्वतन्त्र रूपमा मेयरमा चुनाव लडेका उनी नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडसँग पराजित भएका थिए। वडले १४ हजार ३ सय २४ मत ल्याउदाँ निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए।

प्रकाशित: ११ वैशाख २०७९ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App