६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रुपन्देहीका १६ पालिकामा काँग्रेसले टुङ्गयायो उम्मेदवार

तस्बिर: काँग्रेसबाट मेयरका उम्मेदवारहरु क्रमश: खेलराज पाण्डे, रामकृष्ण खाँण,फणिन्द्र शर्मा,हिरा खत्री,इस्तियका अहमद खान र सिरजुद्दीन मुसलमान

नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै पालिकाको प्रमुखसहित उम्मेदवारहरुको टुंगो लगाएको छ। काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस बुटवल नगरसभापती समेत रहेका पाण्डे २०७४ को निर्वाचनमा पनि बुटवलको मेयरमा लडेका थिए।

तिलोत्तमा नगरपालिकाको मेयरकालागि रामकृष्ण खाँणलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस रुपन्देहीका सभापती समेत रहेका खाँण यसअघिको स्थानीय निर्वाचनमा पनि तिलोत्तमाको मेयरमा लडेका थिए।

त्यस्तै सैनामैना नगरपालिकाको प्रमुखमा पार्टीका पुर्व जिल्ला उपसभापाती फणिन्द्र शर्मालाइ उम्मेदवार बनाइएको छ। देवदह नगरपालिकाको मेयरमा हिरा खत्रीलाइ उम्मेदवार बनाउने निर्णय भएको छ। २०७४ को स्थानीय निर्वाचनमा ६ वटा नगरमध्ये देवदहमा मात्रै खत्रीले मेयर जितेर काँग्रेसको साख जोगाएका थिए।

नगरपालिकाको मेयरकालागि सिरजुद्दिन मुसलमानलाइ उम्मेदवार बनाउने निर्णय  गरेको छ। यसअघि गठबन्धन दलहरुसंगको सहमती अनुरुप काँग्रेसले प्रमुखको टिकट पाएका पालिकाहरुमा उपप्रमुख गठबन्धनका अन्य दलका उम्मेदवार छन्। काँग्रेसले नामावली दर्ताको अन्तिम दिन आज बिहान मात्रै जिल्लाको १६ वटै पालिकाका उम्मेदवारहरुको टुंगो लगाएको हो।

प्रकाशित: १२ वैशाख २०७९ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App