२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा छाडेका यादवले दिए स्वतन्त्रबाट मेयरमा उम्मेदवारी

विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उमेदवारी दिंदै उमेश यादव। तस्बिरः चुमन बस्नेत/नागरिक

जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। 

आइतबार मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले स्वतन्त्रबाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन्।  

यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट विराटनगरको मेयरका उम्मेदवार थिए। उनले अघिल्लो निर्वाचनमा तेस्रो स्थान हाँसिल गरेका थिए। जसपाबाट विराटनगरको मेयरमा उम्मेदवारी दिने आकांक्षा राख्दै आए पनि ५ दलीय गठबन्धनबीच चुनावी तालकेल हुँदा  विराटनगरमा जसपाको भागमा उपमेयर मात्रै परेको छ। 

यादवको नाम जसपाको तर्फबाट पनि विराटनगरको उपमेयरमा सिफारिस भएको छ। उनले शनिबार जसपाको पदबाट राजीनामा दिंदै स्वतन्त्रमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

प्रकाशित: ११ वैशाख २०७९ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App