२४ माघ २०८२ शनिबार
image/svg+xml
समाज

भीमफेदी सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सुमोमा कुल ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतक र घाइतेहरू काठमाडौंबाट हेटौंडा आउँदै गर्दा जुरिखेतको ओरालोमा दुर्घटनामा परेका हुन्।

प्रकाशित: २० पुस २०८२ २०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App