१ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोना निषेधाज्ञाको खेलाँची

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न राजधानी काठमाडौँ उपत्यकाका प्रशासनले निषेधाज्ञा लगाएको डेढ महिना पूरा भयो। यो अवधिमा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो पार्ने मनोविज्ञानमा प्रशासकहरू तयार देखिएका छन्।

तथ्यांकमा जति घटेको छैन संक्रमण

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

जी–७ ले १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई दिने

जी–७ समूहका नेताले अर्काे वर्षसम्म १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई उपलब्ध गराउने घोषणा गरेका छन्।

पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि

पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश थपिए १ मा ३ सय ३७ संक्रमित

मोरङमा १ सय ७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४, सोलुखुम्बुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न पसल खुल्ने समय बढाइँदै

उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइने भएको छ। हाल भइरहेको निषेधाज्ञालाई केही खुकुलो पार्दै म्याद थप्नेबारे छलफल भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार खाद्यान्न पसल र तरकारी पसल खोल्ने समय बढाइने छ।

कोरोना महामारीमा होटल व्यवसायीको साथ

कोरोना रोकथाम तथा नियन्त्रणमा जुम्लाका होटल व्यवसायीले साथ दिन थालेका छन्। उनीहरूले व्यवसाय गरेर कमाएको रकमले स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरी स्थानीय तहलाई प्रदान गर्न थालेका हुन्।

एभरेस्टबाट पाँच लाख

कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेस्ट बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। शुक्रबार बैंकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

नेपालमा कोरोना संक्रमणदर घट्दै

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ। पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणदर १ प्रतिशत घटेर २३.३ प्रतिशत पुगेको छ।

कोरोना कहर: तरकारीका लागि माछा मार्न गएका दम्पत्तीको मृत्यु

हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ।

प्रदेश १ बाट ९ सय २ संक्रमणमुक्त

प्रदेशमा ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

नागरिक केयर सेन्टरलाई एभरेष्टको ५ लाख सहयोग

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध

राेल्पामा एघार सयले जिते कोरोना

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढिको समेत मृत्यु भईसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्