कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक विराटनगरले ५ लाख रुपैयाँ सहयोग गरेको छ। शुक्रबार बैकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।
बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले ५ लाख रुपैयाँको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूलाई प्रदान गरेका थिए।
कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको श्रेष्ठले बताए। कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नवीन रिजाल, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, एभरेष्ट बैंकविराटनगरका शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका श्री रमेश भण्डारीको उपस्थित थिए।
प्रकाशित: २८ जेष्ठ २०७८ १२:४३ शुक्रबार