८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जी–७ ले १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई दिने

जी–७ समूहका नेताले अर्काे वर्षसम्म १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई उपलब्ध गराउने घोषणा गरेका छन्। समूहको बेलायतमा आइतबार सम्पन्न बैठकका निर्णय जानकारी गराउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उक्त जानकारी दिएका हुन्। उनले यी खोप कोभ्याक्स सुविधामार्फत अथवा सिधै यी राष्ट्रलाई दिइने बताए। 

यो १ अर्ब डोजमध्ये बेलायतले १० करोड उपलब्ध गराउने पनि उनले जानकारी दिए। उनले विश्वले जी ७ समूहले भ्याक्सिन राष्ट्रवादबाट माथि उठेर महामारी नियन्त्रणमा भूमिका खेल्न अपेक्षा गरेको पनि बताए।  

‘विश्वलाई खोप उपलब्ध गराउन यो निर्णय महत्वपूर्ण हो,’ उनले भने। अक्सफोर्ड र अष्ट्राजेनेकाले विकास गरेको खोप विश्वमा अत्यधिक लोकप्रिय रहेको चर्चा गर्दै उनले सुपथ मूल्यमा उपलब्ध गराउन उदारतापूर्ण कार्य रहेको बताए। कोभ्याक्सले हालसम्म विश्वलाई उपलब्ध गराएको ९६ प्रतिशत खोप अक्सफोर्ड र अष्ट्राजेनेकाले विकास गरेको पनि उनले दाबी गरे। 

यसैगरी, अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वव्यापी रूपमा महामारी नियन्त्रण र आर्थिक पुनर्उत्थानमा मिलेर काम गर्न आवश्यक रहेको बताए। उनले जी–७ ले गरेको प्रतिबद्धता अनुसार ५० करोड डोज अमेरिकाले उपलब्ध गराउने बताए।

प्रकाशित: ३१ जेष्ठ २०७८ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App