२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एभरेस्टबाट पाँच लाख

कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई एभरेस्ट बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। शुक्रबार बैंकले नागरिक केयर सेन्टर विराटनगरका पदाधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो।  

बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूलाई चेक दिएका थिए। कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेस्टले संस्थागत सामाजिक उत्तरदायित्व अनुरूप उक्त रकम सहयोग गरेको श्रेष्ठले बताए। 

कार्यक्रममा नागरिक केयर सेन्टरका सदस्य नविन रिजाल, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी, एभरेस्ट बैंक विराटनगरका शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका रमेश भण्डारी उपस्थित थिए। 

प्रकाशित: ३० जेष्ठ २०७८ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App