१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।

जापानी अर्थतन्त्रमा बोझ बन्दै बुढाबुढी

जापानमा १० प्रतिशत जनसंख्या ८० वर्ष वा सोभन्दामाथिको उमेर समूहअन्तर्गत रहेको त्यहाँको सरकारले जनाएको छ। वृद्धवृद्धाको जनसंख्या बढ्दै गएको जापानमा पछिल्लो तथ्यांकले जनसंख्यागत संकट झन् गहिरिने र त्यसले अर्थतन्त्र र समाजमा ठुलो प्रभाव पार्ने देखिएको छ।

सुनकाण्डमा राजनीतिकर्मीलाई ‘सुनपानी’

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई भने ‘सुनपानी’ छर्केको छ।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ।

तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास

सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दाले मात्र प्रवेश पास पाउँछन् । शुक्रबारसम्म २ सय २७ स्थानीयले यस्तो पास पाएका छन् ।

पानी जोगाउने शौचालय

कुनै समय सारा संसार खुला ठाउँमा शौच गथ्र्यो। पछि ठूलाठालुहरूका लागि शौचपछि सफा गरिदिने व्यक्ति नियुक्त हुन थाले। तिनले घरभित्रै शौच गरे पनि सहयोगीले कोपरा सफा गरिदिन्थे।

जताततै पानी तर छैन खानेपानी

यो परिदृश्य समुद्रको नुनिलो पानी सेवन गर्न नमिल्ने प्रसंगसँग जोडेर सुन्दै आएको कवि स्यामुअल टेलर कलरिजको चर्चित कवितांशले भनेजस्तै स्थिति छ– वाटर वाटर एभ्रिह्वेयर एन्ड नर अ ड्रप टु ड्रिङ्क (‘पानी पानी जताततै पानी, पिउन एक थोपा छैन’)।

एक हप्तामै सिम्रनले गाइन् १४ गीत, अधिकांश हिट

गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

‘अब डोकोमा पानी बोक्नुपर्दैन’

गण्डकी प्रदेशमा डोकोमा गाग्री बोकेर खानेपानी जोहो गर्नुपर्ने बाध्यता छ भन्दा अचम्म लाग्ला। गण्डकीमा दुर्गम क्षेत्रमा मात्र होइन कास्कीकै कतिपय ग्रामीण क्षेत्रमा डोकोमा गाग्री बोकेर ल्याएको पानीले स्थानीयको प्यास मेट्नुपर्ने नियती ज्यूँका त्यूँ छ।

फोहोरको दुर्गन्धदेखि क्रिकेटको सुगन्धसम्म

उतिबेला मूलपानी फोहोरमैला फाल्ने ठाउँ भनेर चिनिन्थ्यो। अहिले कसैले घर कहाँ? भनेर सोधे स्थानीयले निर्धक्कसँग ‘क्रिकेट मैदानछेउ’ भन्ने जवाफ दिन पाएका छन्।

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ। बागलुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्