१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

पानी जोगाउने शौचालय

यस्ताे पनि

कुनै समय सारा संसार खुला ठाउँमा शौच गथ्र्यो। पछि ठूलाठालुहरूका लागि शौचपछि सफा गरिदिने व्यक्ति नियुक्त हुन थाले। तिनले घरभित्रै शौच गरे पनि सहयोगीले कोपरा सफा गरिदिन्थे।

इतिहासअनुसार, ईशापूर्व ३०० तिर रोममा शासकहरूले जनताका लागि सार्वजनिक शौचालय बनाइदिनु वा हुनेखानेले शौचालयका लागि लगानी गरिदिनु ठूलो इज्जतको कुरा हुन्थ्यो। सहरीकरणपछि जथाभावी शौचको क्रम क्रमशः पातलिँदै जान थाल्यो। घरघरमा शौचालय बन्न थाले। अचेल त गाउँगाउँ खुला दिसामुक्त घोषित भइसके।  

हिजोआज शौचालय कति राम्रो भन्ने पक्ष कति कम पानी लाग्छ भन्नेले निर्धारित गर्छ। अचेल दोहोरो  फ्लसयुक्त पाइखानाले पहिलेको तुलनामा ६७ प्रतिशत पानीमै सबै फोहोर पखाल्ने बताइन्छ। यसले संसारभर पर्याप्त पानी वचत हुने वैज्ञानिक मत छ।

पाइखानामा पानी जोगाउने कुरामा केही वैज्ञानिक यति दत्तचित्त छन् कि पछिल्लो समय उनीहरूले नयाँ प्रविधि यसमा थपेका छन्।  थ्रिडी प्रिन्टेड पछिल्लो शौचालय पछिल्लो उदाहरण हो। यसलाई ज्यादै चिप्लो बनाउन वैज्ञानिकहरू सफल भएको न्यु साइन्टिस्टले जनाएको छ।  

यो शौचालयले जतिसुकै लसाइलो वस्तु भए पनि तिनलाई केही सेकेन्डभित्रै चिप्लाएर खसाल्ने दाबी गरिएको छ। यस्ता पाइखानाहरूमा प्रायः लामो समय उपयोग गरिसकेपछि चिप्लोपन हराउँदै जान्छ। हुँदाहुँदा पाइखानाको प्यान यति खस्रिन पुग्छ कि चिप्लै पदार्थ पनि चिप्लिन मान्दैन। यस्तोमा पानीको खपत बढ्न पुग्छ। यसको चिप्लोपन कायम राख्न बेलाबेलामा टेफिअन नामक पदार्थ प्रयोग गरी चिप्लोपन कायम राखिरहनु पर्छ।

यही समस्या समाधान गर्न यो थ्रिडी प्रिन्टेड पाइखानाको सोच अगाडि आएको हो। यसका लागि चीनको वुहान प्रान्तस्थित हुझोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका याइकी ली र उनका साथीहरूले ठूलो मिहिनेतका साथ अति चिल्लो प्यानयुक्त पाइखाना तयार पारेका हुन्।  

प्लास्टिक, बालुवा र अन्य केही पदार्थहरूको मिश्रणबाट तयार पारिएको यो प्यानमा कुनै पनि ज्यादै चिपचिपे पदार्थ, जब्बर टाँसिने वस्तु पनि यसमा चिप्लिने दाबी गरिएको छ। तर ली र उनका सहकर्मीहरू भन्छन्, ‘यो नमुनाले त राम्रै काम ग¥यो तर बृहत् स्तरमा उत्पादन गरिने पाइखानाले यो स्तरकै काम गर्छ कि गर्दैन, त्यसबारे भने गहन अध्ययन आवश्यक छ।’

प्रकाशित: १२ भाद्र २०८० ००:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App