२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनसँगको अन्तरदेशीय लाइन : यो आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन सकिने

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सकिने भएको छ। रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ।

बाढीपहिरोले भत्काएको मौवाखोला पुल मर्मत सुरु

अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वीराजमार्गस्थित मौवाखोलाको पुलको मर्मत कार्य सुरु गरिएको छ। बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत बुधबारदेखि सुरु गरिएको हो। बर्षा हुन रोकिएसँगै मर्मतको कार्य गरिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताए।

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।

अब ३ दिन बाढीको ‘उच्च जोखिम’ छैन : बाढी पूर्वानुमान महाशाखा

महाशाखाले बुधबार बिहान जारी गरेको शनिबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा कतै रातो रङ लगाइएको छैन । रातो रङले बाढीको उच्च जोखिम जनाउँछ भने पहेंलो रङले मध्यम जोखिम बुझाउँछ ।

बाढी विनाशमा तयारी

मानवीय क्षतिमात्र भएको छैन। धन/सम्पत्तिको क्षति पनि उत्तिकै भएको छ। राजधानीलाई मोफसलसँग जोड्ने मुख्य राजमार्गहरूमात्र हैन, जिल्ला–जिल्ला, प्रदेश–प्रदेश र पूर्व–पश्चिम अनि उत्तर–दक्षिण जोड्ने राजमार्गसमेत क्षतविक्षत भएका छन्।

योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबानलगायतका विपद् रोकथाम र नियन्त्रणका लागि वाग्मती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड रकम विनियोजन गरेको छ।

बाढीपहिरोले यातायात ठप्प

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा व्यापक क्षति पुगेको छ। प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।

बाढीपहिरोमा थप ६ जनाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण थप ६ जनाको ज्यान गएको छ। धादिङ र दार्चुलामा पहिरोले पुरिएर पाँच र रौतहटमा बाढीले बगाएर एकजनाको ज्यान गएको हो। बाढीपहिरोबाट कम्तीमा १५ जना घाइते र सयौं परिवार विस्थापित भएका छन्।

प्रदेश २ मा बाढीको बितण्डा : एक जनाको मृत्यु, एक बेपता, ८४५ विस्थापित

प्रदेश २ का विभिन्न जिल्लामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन । आठ वटै जिल्लाका ८ सय ४५ जना विस्थापित भएका छन । रौतहटको चाँदी खोलाको पुलबाट हाम फालेका चन्द्रपुर ३ गैराटारका ५८ वर्षीय सुकमान सिंहको मृत्यु भएको छ । उनको शव प्रहरीले पुलको तीन सय मिटर लक्षिण फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रवता डिएसपी मकेन्द्र मिश्रले बताए ।

पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो, आवागमन पूर्णरुपमा ठप्प

अविरल वर्षापछि पहिरो जादाँ पृथ्वी राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प छ ।

बर्षाकै पानीले बाढीको स्वरुप लिदा स्थानीय त्रसित

विगत तीन दिनदेखि निरन्तर रुपमा भइरहेको बर्षाको कारण जिल्लाको ठूला एवं साना नदीहरुमा आएको बाढीको पानीले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बाराका दर्जनौ नदी किनारका बस्ती डुबानमा

केही दिनको लागातार बर्षाका कारणले खोलानालाहरुमा आएको बाढीको पानीले दर्जनौ गाउँहरु डुबानमा परेका छन्। बाराका लालबकैया, पसाह, दुधौरा, बालगंगा लगाएतको खोलाहरुमा आएको बाढीले गाउँ र बस्तीहरुलाई डुबानमा पारेको हो।

वर्षेनी बाढीपहिरोको जोखिम : योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोकाे खतरा

महाशाखाका अनुसार सातै प्रदेशमा आज दिउँसोदेखि रातिसम्मै हल्कादेखि भारी (ठूलो) सम्म वर्षा जारी रहने सम्भावना छ ।

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्