१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बाराका दर्जनौ नदी किनारका बस्ती डुबानमा

पानीबाट बचाउन सानो बच्चालाई सुरक्षित स्थानमा लैजादै अर्का नाबालक। फोटो : नागरिक

केही दिनको लागातार बर्षाका कारणले खोलानालाहरुमा आएको बाढीको पानीले दर्जनौ गाउँहरु डुबानमा परेका छन्। बाराका लालबकैया, पसाह, दुधौरा, बालगंगा लगाएतको खोलाहरुमा आएको बाढीले गाउँ र बस्तीहरुलाई डुबानमा पारेको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले लालबकैया, पसाह, दुधौरा, बालगंगा लगाएतको खोलाहरुमा आएको बाढीले ती खोला किनारका गाउँहरुमा बाढीको पानी बसेको बताएका छन्।गाउँहरुमा बाढीको पानी पसे पनि कुनै धन जनको क्षति अहिलेसम्म नभए पनि खोला किनारका गाउँका स्थानीयहरुलाई सुरक्षित र सर्तक रहन अग्रह गरिएको उनले बताए।  

दुधौरा र बगरी खोलामा आएको बाढीको पानीले गर्दा फेटा गाउँपालिका १ त्रिवेणी, भलुही, अकवनीया गाउँहरुमा पसेको र गाउँको स्थानीयहरुलाई समस्य भएको सो वडाका वडा अध्यक्ष जयप्रकाश दासले बताएका छन्। बाढीको पानी गाउँमा बस्दा कतिपयको घरमा रहेको खाद्यान्य समाग्री डुबानमा परेकाले स्थानीहरु समस्यामा परेको अध्यक्ष दासले बताए।

प्रकाशित: ६ श्रावण २०७७ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App