प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने भएका छन्।
यही मंसिर १७ गते बेइजिङ जाने उनले भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति सी, प्रधानमन्त्रीसहित उच्च अधिकारीसँग कुराकानी गर्ने भएका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, मंसिर १७ गते चीन जाने प्रधानमन्त्री ओली २० गते स्वदेश फर्कनेछन्।
हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेर बेइजिङ जाने प्रधानमन्त्री ओली त्यसैमा स्वदेश फर्किने गरी तयारी भइरहेको छ। प्रधानमन्त्रीको भ्रमण अघि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन जाने कार्यक्रम छ।
प्रकाशित: १२ मंसिर २०८१ १३:५० बुधबार