१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अब ३ दिन बाढीको ‘उच्च जोखिम’ छैन : बाढी पूर्वानुमान महाशाखा

फाइल तस्बिर : हालै सिन्धुपाल्चाेककाे बाह्रबिसेमा बाढीपहिराेले गरेकाे क्षति, जसमा परेर बेपत्ता २० जना अझै भेटिएका छैनन् ।

वर्षाको मात्रा घटेसँगै देशभर बाढीको जोखिम पनि कम भएको छ ।  

 

यो पनि पढ्नुहोस्

न्यून चापीय रेखा केही टाढा भयो, आजदेखि वर्षा घट्ने

बाढी पूर्वानुमान महाशाखाका अनुसार अब आगामी तीन दिनलाई त्यस्तो ठूलो बाढीको सम्भावना छैन ।  

महाशाखाले बुधबार बिहान जारी गरेको शनिबारसम्मको ‘बाढी पूर्वानुमान बुलेटिन’ मा कतै रातो रङ लगाइएको छैन । रातो रङले बाढीको उच्च जोखिम जनाउँछ भने पहेंलो रङले मध्यम जोखिम बुझाउँछ ।

बुलेटिनअनुसार बुधबार बिहान ७ बजेदेखि २४ घण्टासम्म कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा रहनेछ भने जलसतह सतर्कता चिह्नभन्दा तलै रहने अनुमान छ । यस्तै कोसी, नारायणी र यसका सहायक नदीमा पनि बहाव घट्दो क्रममै रहने तर बाढी सतर्कता संकेत आसपास नै रहने सम्भावना छ ।  

यसैगरी कन्काई, कमला, बागमतीमा बहाव सामान्य घटबढ हुने, पश्चिम राप्ती, बबईलगायत नदीमा बाढी घट्दो हुने तथा सबैमा बहाव सतर्कता तलै हुने अुनमान छ । तर कन्काई,कमला बागमतीका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने थोरै सम्भावना छ ।  

महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, उदयपुर, सप्तरी, धनुषालगायत प्रदेश २ का जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलान्चोक, नुवाकोट, काठमाडौं उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, चितवन, नवलपरासी, गुल्मी भई बहने साना नदीमा आकस्मिक बाढी आउने थोरै सम्भावना छ ।  

शनिबारसम्मको बाढी सम्भावनाबारे विस्तृत विवरणका लागि यो सूचना :

प्रकाशित: ७ श्रावण २०७७ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App